default_image

2 years ago

November 20, 2022

स्वीडेनको सहज जित

82 views

0 Bookmark

एजेन्सी – स्वीडेनले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित निकालेको छ । घरेलु मैदानमा स्वीडेनले १० खेलाडीमा समेटिएको अल्जेरियालाई २–० ले पराजित गरेको हो ।

माल्मोमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा इमिल फोर्सवर्ग र भिक्टोर क्लाइसनले गोल गरे । खेलको ३४औं मिनेटमा रामी बेन्सेबैनी दोहोरो पहेलो बार्ड खाँदै मैदानबाट बाहिरिएपछि अल्जेरिया १० खेलाडीमा समेटिन पुग्यो ।

त्यसको फाइदा स्वीडेनले उठाउन सफल भयो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा इमिल फोर्सवर्गले पेनाल्टीमा गोल गर्दै स्वीडेनलाई १–० को अग्रता दिलाए ।

अहमेद टोउवाले पेनाल्टी बक्समा म्याटिएस भानवर्गलाई फउल गरेपछि प्राप्त पेनाल्टीमा फोर्सवर्ग चुकेनन् । ४७औं मिनेटमा भिक्टोरले गोल गदै स्वीडेनको जित पक्का गरे ।

दुवै टोली विश्वकपमा छनोट भएका छैनन् । अब अर्काे महिना स्वीडेन युरोकपमा तथा अल्जेरिया अफ्रिकन नेसन्स च्याम्पियनसिपमा होमिनेछ ।

यस्तै टर्कीले चेक रिपब्लिकलाई २–१ पराजित गरेको छ । टर्कीको जितमा इनेस युनाल र हकान चलहानो ग्लुले गोल गरे । चेक रिपब्लिकका भाक्लभ सेर्नीले एक गोल फर्काए ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.