3 years ago
November 24, 2022
कतार (हाम्रो खेलकुद) – बेल्जियमका मिडफिल्डर केभिन डे ब्रुएन फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्यानडाविरुद्ध समूह चरणको खेलमा प्लेयर अफ द म्याच चुनिए । तर उनले खेलपछि आफू उक्त अवार्डका लागि हकदार नभएको बताए ।

बेल्जियमले क्यानडालाई १-० ले पराजित गर्दै विश्वकपमा विजयी सुरुवात गर्यो । मिसी बासुआइले दोस्रो हाफमा गरेको गोल नै खेलमा निर्णायक सावित भयो । खेलको अधिकांश समय भने क्यानडा नै हावी देखिएको थियो । बल पोसेसनसँगै आक्रमण बुनेको क्यानडाले फिनिसिङमा भने निकै गल्ति गर्यो । केहि अवसरमा गोलरक्षक थिबाउट कोर्टुवा बाधक बने । तर डे ब्रुएनले प्लेयर अफ द म्याच पाएपछि आफू हकदार नभएको बताए ।
‘मलाई लाग्दैन मैले राम्रो खेलें । मैले किन प्लेयर अफ द म्याच पाएँ पनि थाहा छैन,’ उनले अवार्ड ग्रहण गरेपछि भने, ‘हुनसक्छ मेरो नामको कारण दिइएको हो । तर क्यानडाले निकै राम्रो खेल्यो ।’
‘हामीले राम्रो खेलेनौं । अब के परिवर्तन गर्नुपर्छ भन्ने पनि हामीलाई थाहा छ । हामीले सटिक रुपमा खेल्न सकेनौं । ठूलो प्रतियोगितामा पहिलो खेल सधैं महत्त्वपूर्ण हुन्छ । हामीले आफैंलाई कठिन समय दिएको महसुस गरें,’ डे ब्रुएनले भने ।
बेल्जियमले अब समूहको दोस्रो खेलमा आइतबार मोरोक्कोसँग खेल्नेछ । आज भएको खेलमा क्रोएसिया र मोरोक्को गोलरहित बराबरीमा रोकिएका थिए ।
November 10, 2025
दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लबकी मिना देउवा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। मिनाकै एक मात्र गोलमा घरेलु महिला फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको थियो। उनले २२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। मिनाले सर्वोत्कृष्ट खेलाडी वापत १ लाख […]
November 10, 2025
दिपक बोहोरा/हिमाल खरेल, झापा घरेलु फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा आज भएको फाइनलमा एपिएफलाई १-० ले हराउँदै पुलिसले उपाधि जितेको हो। मिना देउवाको एक मात्र गोलमा पुलिस च्याम्पियन बनेको हो। एपिएफले गत वर्ष […]
November 10, 2025
रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिगमा बाराको नवजागृती युवा क्लबले पहिलो र सुर्खेतको काक्रेविहार युथ क्लबले दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २-० गोलले हराउँदै लिगमा नव जागृतीले पहिलो जित दर्ता गर्यो । दोलखाको टाइगर्स टिमलाई १-० गोलले हराउँदै सुर्खेतको काक्रेविहार युथ क्लबले लिगमा दोस्रो जित हासिल […]