default_image

2 years ago

November 24, 2022

अलमुताइरीको उत्तराधिकारीको खोजी सुरु

98 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक रिक्त रहेको ३ महिनापछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।

एन्फाले बुधबार सुचना जारी गर्दै मुख्य प्रशिक्षकका लागि फिफाको प्रो लाइसेन्स प्राप्त प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो । विवादित तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भदौमा राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन छ ।

मुख्य प्रशिक्षक नियुक्त विनै एन्फाले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलिसकेको छ । अलग अलग प्रशिक्षक नियुक्त गर्दै एन्फाले २ मैत्रीपूर्ण खेलाएको थियो । दशरथ रंगशालामा गत असोजमा ११ गते भएको मैत्रीपूर्ण खेलमा अमेरिका निवासी प्रदिप हुमागाईंलाई एन्फाले कार्यवहाक मुख्य प्रशिक्षक बनाएको थियो । उक्त खेलमा अन्जन विष्टको ह्याट्रिकमा नेपालले बंगलादेशमाथि ३–१ को जित निकालेको थियो ।
यस्तै गत कात्तिक ३० मा पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि एन्फाले प्रवेश कटुवाललाई प्रशिक्षकमा नियुक्त गरेको थियो । उक्त खेलमा पनि अन्जनकै गोलमा नेपाल १–० ले विजयी भएको थियो । नेपाली कुनै पनि प्रशिक्षक प्रो लाइसेन्स प्राप्त छैनन्, त्यसअर्थ विदेशी नै नेपाली टोलीको प्रशिक्षक बन्नेछन् ।
अलमुताइरी २०७७ चैतमा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनको प्रशिक्षणमा नेपालले १९ खेल खेल्दा ५ जित, २ बराबरी र १२ हारको नतिजा निकालेको छ । यसमा नेपालले १६ गोल गर्दा ४६ गोल बेहोरेको छ ।

नेपालको ५ सय २५ दिन प्रशिक्षक बनेका रहेका अलमुताइरीले आफ्नो कार्यकालमा सबैभन्दा धेरै १६ खेलाडीलाई डेब्यू गराएका थिए । उनको कार्यकालमा डेब्यु पाउनेमा गौतम श्रेष्ठ, मनिष डाँगी, आयुष घलान, सुरज ज्यु ठकुरी, कमल थापा, नितिन थापा, राजन गुरुङ, विशाल श्रेष्ठ, सुदिप गुरुङ, आकाश बुढामगर, नवीन गुरुङ, प्रशान्त अवस्थी, दीप कार्की, विकास तामाङ, शिव गुरुङ र निर कुमार राई हुन् । एन्फा नेतृत्व र राष्ट्रिय टोलीकै खेलाडीसँग विवादमा मुछिएका अलमुताइरीले राजीनामा गरेका थिए ।

यस्तै एन्फाले टेक्निकल डिरेक्टर, फाइनान्स डिरेक्टर, हेड अफ प्रोकुरेमेन्ट, जुनियर एकाउन्टेन्ट र सिभिल इन्जिनियरको लागि पनि दरखास्त आह्वान गरेको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.