default_image

3 years ago

November 25, 2022

‘डिफेन्सबाट सन्तुष्ट छैन’ – पोर्चुगल प्रशिक्षक सान्तोस

267 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले फिफा विश्वकप कतार २०२२ अन्तर्गत घानाविरुद्ध जितपछि डिफेन्सको प्रदर्शनबाट आफू सन्तुष्ट नरहेको बताएका छन् ।

सान्तोसलले खेलपछि पत्रकार सम्मेलनमा बोल्दै आफ्नो टोलीले अझ राम्रो खेल्न सक्ने बताए । ‘हामीले खेलमा पाएको अवसर सदुपयोग गर्न सकेनौं । हामीसँग भएका खेलाडीले अझ राम्रो खेल्न सक्छन् । खेलमा अझ राम्रो पकड बनाउन सक्नुपर्ने थियो । तर आज घानाले राम्रो प्रदर्शन गर्यो । दोस्रो हाफमा हामीले रक्षात्मक रुपमा थप ध्यान दिएका थियौं । यसैले जित सम्भव भएको हो,’ उनले भने ।

घानाका प्रशिक्षक ओटो अद्दोले पोर्चुगलविरुद्ध खेलमा रेफ्रीले आफ्नो पक्षमा निर्णय नदिएको कारण नै हार बेहोरेको बताउँदै रोनाल्डोलाई रेफ्रीले पेनाल्टी उपहार दिएको बताएका थिए । यसबारे भने आफू बोल्न नचाहेको सान्तोसले प्रष्ट पारे । ‘म घानाका प्रशिक्षकले के भने त्यसबारे बोल्न चाहन्न । उनले आफ्नो धारणा राख्न पाउँछन् । रेफ्री र भीएआरले आफ्नो जिम्मेवारी निर्वाह गर्छन्,’ उनले थपे ।

‘रेफ्रीको निर्णयबारे म केहि भन्दिन । सबैको आ-आफ्नो धारणा हुन्छ । सामाजिक संजालमा के आउँछ भन्ने सोचेर हुँदैन । मेरो विचारमा पनि फेलिक्ससँगको घटना भीएआरले हेर्नुपर्ने थियो । रेफ्री र भीएआरबारे हामीले केहि भन्नुपर्ने अवस्था हुँदैन । रेफ्री र भीएआरलाई आफ्नो जिम्मेवारी राम्रो थाहा छ ।’

सान्तोसले घानाले गरेको दुई गोलबारे अध्ययन गर्ने बताए । ‘म हामीले खाएको दुई गोलबाट खुसी छैन । हामीले यसबारे अध्ययन गर्नुपर्छ । आजको खेलबारे हामी पुन: छलफल गर्नेछौं । तर आजको प्रदर्शनबाट सन्तुष्ट हुने अवस्था छैन,’ सान्तोसले बताए ।

‘घानाको खेल्ने शैलीबारे हामी जानकार थियौं । उनीहरुले कस्तो खेल्छन् भन्ने ब्राजिल र स्विटजरल्यान्डविरुद्ध खेलेको भिडियो हेरेर हामी तयार गरेका थियौं । र आज त्यसै अनुसार खेलेको थियो ।’

सान्तोसले रोनाल्डो विश्व फुटबलकै महान खेलाडी रहेको र उनले हासिल गरेको उपलब्धि वर्षौंसम्म चर्चामा रहने बताए । ‘रोनाल्डोबारे मान्छेको आ-आफ्नो धारणा हुन्छ । मेरो विचारमा रोनाल्डो फुटबलकै महान खेलाडीमा पर्छन् । आजको ५० वर्षपछि रोनाल्डोको बारेमा चर्चा हुनेछ । उनको स्तरबारे उनले पाएको सफलताले पनि प्रष्ट पारेको छ,’ उनले टुंग्याए ।

यो पनि : ‘रोनाल्डोले रेफ्रीबाट पेनाल्टी उपहार पाए’ – घानाका प्रशिक्षक ओटो

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.