default_image

3 years ago

December 21, 2022

रोनाल्डो विश्वकपमा सर्वाधिक अफसाइड हुने खेलाडी

512 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोका लागि सुखद रहेन । कतार विश्वकपको पहिलो खेलमा गोल गर्दै दुर्लभ कीर्तिमान राखेका उनका लागि त्यसपछि भने प्रतियोगिता बिर्सनलायक रहयो ।

विश्व फुटबलमा जित्न बाँकी एकमात्र उपाधिको रुपमा रहेको विश्वकप जित्ने लक्ष्य राखेका रोनाल्डो त्यसमा सफल हुन सकेनन् । समूह चरणको तीनै खेल सुरुवात गरेका रोनाल्डोले प्रतियोगिताभर कुनै खेलमा पूरा ९० मिनेट खेल्न सकेनन् । प्रतियोगिताको नकआउट चरणको दुवै खेलमा उनी पहिलो रोजाइबाट बाहिर रहँदै बेन्चमा रहेका थिए ।

यसपटक विश्वकपमा रोनाल्डोले ५ खेलमा २ सय ९१ मिनेट मैदानमा बिताए । पोर्चुगल क्वाटरफाइनलमा बाहिरिएर रोनाल्डोले पूरा समय नखेलेपनि उनी प्रतियोगितामा सबैभन्दा बढी अफसाइड हुने खेलाडी बने । उनी कुल ७ पटक अफसाइड भएका थिए । दोस्रो स्थानमा किलीयन एमबाप्पे ७ खेलमा ५ सय ९७ मिनेट खेल्दा ६ पटक अफसाइड भए । गोल्डेन बल विजेता मेस्सी भने ७ खेलमा ६ सय ९० मिनेट खेल्दै ३ पटक अफसाइड थिए । उनी यस सूचीमा १२ खेलाडीसँग संयुक्त १० औं स्थानमा थिए ।

क्वाटरफाइनलमा मोरक्कोविरुद्ध पहिलो हाफमै पोर्चुगल १-० ले पछि परेसँगै प्रशिक्षक फर्नान्डो सान्तोसले दोस्रो हाफ सुरु भएको केहीबेरमा रोनाल्डोलाई मैदान छिराएका थिए । तर रोनाल्डो र पोर्चुगलले गोल फर्काउन नसक्दा टोली हार बेहोर्न पुग्यो । रोनाल्डो खेल सकिएलगत्तै गहभरी आँशु लिएर ड्रेसिङ रुमतर्फ लागेका थिए ।

विश्वकपको पहिलो खेलमा घानाविरुद्ध पेनाल्टीमा गोल गर्दै रोनाल्डो विश्वकपको पाँच फरक संस्करणमा गोल गर्ने पहिलो पुरुष खेलाडी बनेका थिए । दोस्रो खेलमा उरुग्वेविरुद्ध ब्रुनो फर्नान्डेसको गोललाई आफ्नो माग गरेका कारण उनी चर्चामा आएका थिए । तेस्रो खेलमा भने उनलाई परिवर्तन गर्दाको व्यवहारका कारण प्रशिक्षक सान्तोस रुष्ट बनेका थिए ।

अन्तिम १६ को खेलमा रोनाल्डो पोर्चुगलको बेन्चमा रहेका थिए । उनी खेलको अन्त्यतिर मैदान प्रवेश गरेपनि उनको स्थानमा आएका फरवार्ड गोन्कालो रामोसले ह्याट्रिक पूरा गर्दै टोलीलाई ६-१ को जित दिलाए । उनै रामोस क्वाटरफाइनलमा भने निकै खराब प्रदर्शन गर्न पुगे । रोनाल्डो दोस्रो हाफमा मैदान छिरेपनि नतिजा बदल्न सकेनन् र विश्वकप बिना नै बिदा भए ।

समग्रमा रोनाल्डोले सन् २००६ देखि २०२२ सम्म पाँच पटक विश्वकप खेले । यसक्रममा उनले कुल ८ गोल गरेका छन् । रोनाल्डोले विश्वकपमा कुल २२ खेल खेले ।

यो पनि पढ्नुहोस :

कतार विश्वकपमा चम्किएका युवा

एमबाप्पे भन्छन् – ‘हामी फर्कनेछौं’

मेस्सी – फुटबल कर्मले सर्वमान्य महान

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.