धरान (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलमा मंगलबार दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र एपिएफले मंगलबार गोलरहित बराबरी खेलेका छन् । बराबरीपछि सेनाको टोली समूह खको विजेता र एपिएफ उपविजेताका रुपमा अन्तिम चारमा पुगेका छन् ।
तीन खेलमा सेनाले ७ र एपिएफले ५ अंक जाड्यो । अब एपिएफले समूह कको विजेता अर्को विभागिय टोली पुलिसको सामना गर्नेछ । आमीृले मध्यमाञ्चलको सामना गर्ने छ ।