default_image

3 years ago

December 28, 2022

अन्जन मनाङ छोडेर चर्च ब्वाइजमा

377 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका‌ फरवार्ड अन्जन विष्टले मनाङ मर्स्याङ्दी क्लब छोडेर नवप्रवेशी चर्च ब्वाइज युनाइटेडबाट खेल्ने भएका छन् ।

मनाङको कप्तान समेत रहेका अन्जनले नयाँ सिजनका लागि चर्च ब्वाइजसँग एक‌ वर्षको सम्झौता गरेका हुन् । मनाङबाट पहिलो सिजनमै लिग उपाधि जितेका अन्जनले क्लबका लागि उत्कृष्ट प्रदर्शन गरे । मोफसलमा आहा! गोल्डकप, बुढासुब्बा गोल्डकप लगायत प्रतियोगितामा भने अन्जन

उपाधि जित्न सफल रहेका थिए ।

अन्जनले मंगलबार सामाजिक संजालमार्फत आफूले मनाङ छाडेको बताएका थिए । उनले समर्थकलाई धन्यवाद दिँदै क्लब व्यवस्थापनप्रति निराशा समेत जनाएका थिए । मनाङमा अन्जनसँगै अन्य खेलाडीले पनि व्यवस्थापनसँग खटपट परेपछि क्लब छाडेका छन् ।

नेपाल एपिएफ क्लबबाट ए डिभिजन लिगमा डेब्यु गरेका अन्जनले सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका थिए । त्यसपछि २०७५ सालमा उनी मनाङबाट ए डिभिजन लिग खेल्दै उपाधि जित्न सफल रहे । उनले एएफसी कपमा पनि प्रतिस्पर्धा गरेका थिए ।

अन्जनले अब चर्च ब्वाइजबाट खेल्नेछन् । अन्जनसँगै राष्ट्रिय टोलीका अन्य सदस्य पनि नवप्रवेशी क्लब जाने चर्चा रहेको छ । चर्च ब्वाइजले ए डिभिजन क्लबको रुपमा आहा! गोल्डकपमा पहिलो पटक खेल्दैछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.