3 years ago
December 31, 2022
काठमाडौं (हाम्रो खेलकुद)– मिडफिल्डर पुजन उपरकोटीले पनि सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ मर्स्याङ्दी क्लब छाडेका छन् । फरवार्ड अन्जन विष्ट र रक्षक दीनेश राजवंशीले मनाङ छाडेको केहि दिनमा पुजनले पनि मनाङ छाडेका हुन् ।

राष्ट्रिय फुटबल टोलीका समेत सदस्य रहेका झापाका पुजनले झण्डै ५ वर्ष मनाङमा बिताएका थिए । अन्जन र दीनेश भने चर्च ब्वाइज युनाइटेड क्लबमा आबद्ध भइसकेका छन् । उनी सम्मलित चर्च ब्वाइज पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्जन र कप्तान अनन्त तामाङको गोलमा नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै चर्च ब्वाइज अन्तिम आठमा पुगेका थियो ।
पुजनले आफ्नो फुटबल यात्राको अभिन्न पाटो बनेको मनाङलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले खेलेका छन्,‘ हामी फेरि कहिले भेट्छौं भगवान जान्दछन् । आज म एउटा क्लबलाई बिदा लिँदैछु जसले मलाई राम्रो फुटबलर बन्न मद्दत गर्यो । सधैं धेरै सम्झनाहरू, पाठहरू र उत्कृष्ट क्षणहरूको लागि आभारी छ ।’

घरेलु फुटबलको सफल टोली मध्येको एक मनाङले सर्वाधिक ८ पटक ए डिभिजन लिगको उपाधि जितेको छ । पुजनले अर्को क्लबमा आबद्ध भइनसकेको बताए । उनले भने,‘ कुराकानी भइरहेको छ केहि दिनमा टुंगो लाग्ने सम्भावना छ ।’
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]