default_image

3 years ago

January 3, 2023

नयाँ सिजनका लागि मनाङको टोली घोषणा

292 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ मस्र्याङ्दी क्बलले नयाँ सिजनका लागि आफ्नो टोलीको घोषणा गरेको छ ।

ए डिभिजन लिग सुरु हुनु ठिक दुई महिना अघि मंगलबार मनाङले मुख्य प्रशिक्षक गोलकिपर प्रशिक्षक र खेलाडीको नाम सार्वजनिक गरेको छ । आजै टोलीले पोखरामा जारी आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा भुटनिज युथ एससी अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु गर्ने एन्फाले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

मनाङले राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक किरण श्रेष्ठलाई आफ्नो मुख्य प्रशिक्षक तथा प्रविण श्रेष्ठलाई गोलकिपर प्रशिक्षक नियुक्त गरेको छ । टोलीले खेलाडीहरु दिप कार्की, जियारत शेख, आशिष गुरुङ, चेतनकुमार थारु, सरोज योञ्जन लामा, मानबहादुर तामाङ, रनदीप पौडेल, सुमित श्रेष्ठ, जय गुरुङ, कमल थापा, विजय श्रेष्ठ, बिसन गुरुङ, रमेश थापा, प्रशान्त श्रेष्ठ, निराजन मल्ल, रोशनराना मगर अनुबन्धन गरेको छ ।

मनाङले नयाँ सिजनको लिगमा युवा खेलाडीमाथि विश्वास गरेको जनाउँदै भनेको छ, उमेर समूहको राष्ट्रिय टिममा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई अनबुन्ध गरेका छौं । आसन्न ए डिभिजन लिगको उपाधि रक्षामा क्लबले बलियो चुनौती पेश गर्ने अपेक्षा राखेका छौं ।

मुख्य प्रशिक्षक श्रेष्ठले भनेका छन्, ‘मनाङ ठुलो टिम हो । विश्वास गरेर क्लबले ठुलो जिम्मेवारी दिएको छ । क्लबको ब्यवस्थापनलाई धन्यवाद दिन चाहन्छु । यस पटकको जिम्मेवारी चुनौतीपूर्ण छ । मनाङको यसपटकको खेलाडी संरचना फरक छ । यसअघि राष्ट्रिय टिमका खेलाडी धेरै हुन्थे । अहिले पुरै युवा खेलाडीको टिम छ । नजिताका लागि प्रशिक्षकको रुपमा सक्दो कोशिश गर्नेछु ।’

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.