default_image

1 year ago

January 4, 2023

म्यानचेस्टर युनाइटेडको सहज जित

एजेन्सी – बर्नमाउथमाथि सहज जित हात पार्दै म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शीर्ष चारमा बलियो पकड बनाउन सफल भएको छ । युनाइटेडले घरेलु मैदानमा ३–० को सहज जित हात पारेको हो । युनाइटेडको जितमा क्यासेमिरो, लुके सा र मार्कस रासफर्डले गोल गरे । ओल्ड ट्राफोर्डमा मंगलबार राति भएको खेलको २३औं मिनेटमा मिडफिल्डर क्यासेमिरोको गोलबाट युनाइटेडले […]

157 views

0 Bookmark

एजेन्सी – बर्नमाउथमाथि सहज जित हात पार्दै म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शीर्ष चारमा बलियो पकड बनाउन सफल भएको छ ।

युनाइटेडले घरेलु मैदानमा ३–० को सहज जित हात पारेको हो । युनाइटेडको जितमा क्यासेमिरो, लुके सा र मार्कस रासफर्डले गोल गरे ।

ओल्ड ट्राफोर्डमा मंगलबार राति भएको खेलको २३औं मिनेटमा मिडफिल्डर क्यासेमिरोको गोलबाट युनाइटेडले सुरुवाती अग्रता लिएको थियो । उनले क्रिष्टियन एरिक्सनको पासमा गोल गर्न सफल भएका थिए ।

४९औं मिनेटमा एलेहान्द्रो गर्नाचोको पासमा लुके साले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । त्यसपछि निर्धारित समयको खेल सकिन ४ बाँकी रहँदा मार्कस रासफर्डले गोल गोल गर्दै युनाइटेडको जित पक्का गरे ।

यस जितसँगै चौथो स्थानमा रहेको युनाइटेडको १७ खेलबाट ३५ अंक पुगेको छ । एक खेल बढी खेलेको न्यूक्यासलको पनि ३५ अंक रहेपनि गोल अन्तरमा तेस्रोमा छ । पराजित बर्नमाउथ १८ खेलबाट १६ अंक जोडेर १५औं स्थानमा छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.