9 years ago
December 28, 2016
धरान (हाम्रो खेलकुद)– विभागिय डर्बीमा नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै एपिएफ सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको फाइनलमा पुगेको छ । अर्को फाइनल पुग्ने टोलीको भने बिहीबारमात्र टुंगो लाग्ने भएको छ ।
नेपाली सेनाको आर्मी र मध्यमाञ्चलबिच टाइब्रेकर साँझ परेका कारण हुन नसकेपछि फाइनल पुग्ने टोलीको छिनोफानो बिहीबार बिहान मात्र हुने भएको छ । निर्धारित र थप समय दुवैतर्फ कुनै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको हो । अब बिहीबार दुई टोलीबीच पेनाल्टी सुटआउट हुनेछ । त्यसमा पराजित हुने टोलीले बिहीबार दिउँसो नै पुलिससँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।एपिएफले यसअघि नै महिला फुटबलको उपाधि जितिसकेको छ ।
महिलाको फाइनल एपिएफले पुलिसलाई नै हराएको थियो । फुटबलमा दोहोरो सफलता प्राप्त गर्नेतर्फ अघि बढेको एपिएफका जित दिलाउन धरानस्थित एन्फा टेक्निकल सेन्टरमा थप समयमा युवराज खड्काले र नविन लामाले गोल गरेका थिए । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको थियो । रामकुमारको पासमा युवराजले थप समयको १० औं मिनेटमा गोल गरेका थिए । थपसमय २९ औं मिनेटमा नविनले पनि रामकुमारकै पासमा गोल गरेका थिए ।
निर्धारित समयमा दुवै टोलीले गोलका केही मौका खेर फालेका थिए । फुटबल फाइनल सातौं राष्ट्रिय खेलकुदको समापनको दिन शुक्रबार हुनेछ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]