default_image

2 years ago

January 23, 2023

बेन्जेमा र क्रुसको गोलमा रियल म्याड्रिडको जित

159 views

0 Bookmark

एजेन्सी – कप्तान तथा फरवार्ड करिम बेन्जेमा र मिडफिल्डर टोनी क्रुसको गोलमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा सहज जित हात पारेको छ ।

रियलले घरेलु टोली एथलेटिको क्लब (बिल्वाओ) माथि २–० को सहज जित हात पारेको हो । रियलको जितमा बेन्जेमा र क्रुसले पहिलो र दोस्रो हाफमा गोल गरे ।

सान मेमेस वारिया विल्वाओमा आइतबार राति भएको खेलको २४औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । उनले मार्काे एसेन्सियोको पासमा गोल गर्न सफल भएका थिए ।

प्रतिस्पर्धात्मक बनेको खेलको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा टोनी क्रुसले गोल गर्दै रियलको २–० को जित पक्का गरे । उनले रोड्रिगोको पासमा गोल गर्न सफल भएका थिए ।

यस जितसँगै दोस्रो स्थानमा रहेको रियलले शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी ३ मा यथावत राखेको छ । रियलको १७ खेलबाट ४१ अंक पुगेको छ । समान खेलबाटै बार्सिलोनाको ४४ अंक छ । पराजित विल्वाओ १८ खेलबाट २६ अंक जोडेर आठौं स्थानमा छ ।

October 23, 2024

आर्मी र ठमेल टुरिजम क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रा खेलकुद)– त्रिभुवन आर्मी फुटबल क्लब र ठमेल टेरिजम डेभलपमेन्ट काउन्सिल दोस्रो भेट्रान्स फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगिताको समूह चरणको अन्तिम दिन बुधवार जित निकाल्दै आर्मी र ठमेल टुरिजम अन्तिम ८ मा पुगेका हुन् । थिमीस्थित मध्यपुर युथ एसोसियसनको मैदानमा भएको खेलमा आर्मीले सानोगौचरण नाइटकिङ (एसएनकेसी) लाई […]

October 23, 2024

भारतलाई हराउँदै बंगलादेश समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिप २०२४ मा भारतलाई हराउँदै समूह ‘ए’ को शीर्षस्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको छ । दशरथ रंगशालामा सम्पन्न समूह ए को खेलमा बंगलादेश भारतलाई ३-१ ले हराउँदै प्रतियोगिताको पहिलो जित दर्ता गर्न सफल रह्यो । यस जितसँगै बंगलादेश २ खेलमा ४ अंकका साथ समूह विजेता पनि […]

October 23, 2024

नेपाली फुटबल टोलीले थ्री नेसन्स खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल फुटबल टोलीले थ्री नेसन्स मैत्रीपूर्ण फुटबल खेल्ने तय भएको छ। ताजिकिस्तानमा हुने थ्री नेसन्समा नेपाल र अफगानिस्तान को सहभागिता रहनेछ अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। नेपालले पहिलो खेल कात्तिक २८ गते ताजिकिस्तान र मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ। मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको बन्द प्रशिक्षणका लागि ३६ खेलाडी बोलाइएका […]

Success

Thank you for your time.