default_image

3 years ago

January 25, 2023

लाजियाेसँग मिलानको लज्जास्पद हार

207 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्ष दौडमा रहेको एसी मिलानले लज्जास्पद हार बेहोरेको छ । मिलान शीर्ष दौडमै रहेको लाजियोसँग ४–० को भारी अन्तरले पराजित भएको हो ।

लाजियोको जितमा सेर्गेज मिलिन्कोभिच साभिक, माटिया जाकाग्नी, लुइस अल्बर्टाे र फिलिप एन्डरसनले गोल गरे । पहिलो र दोस्रो हाफमा समान दुई गोल भएको थियो ।

स्टेडियो ओलम्पिको रोमामा मंगलबार राति भएको खेलको चौथो मिनेटमा सेर्गेज मिलिन्कोभिच साभिकले गोल गर्दै लाजियोलाई १–० को अग्रता दिलाए । उनले माटिया जाकाग्नीको पासलाई सदुपयोग गरेका थिए । ३८औं मिनेटमा माटिया जाकाग्नीले गोल गर्दै लाजियोको अग्रता दोब्बर पारे ।

६७औं मिनेटमा लुइस अल्बर्टाेले पेनाल्टीमा गोल गर्दै लाजियोलाई सहज जिततर्फ अघि बढाए । त्यसपछि ७५औं मिनेटमा फिलिप एन्डरसनले लुइस अल्बर्टाेको पासमा गोल गर्दै मिलानलाई लज्जास्पद हार चखाए ।

यस जितसँगै लाजियो १९ खेलबाट ३७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । समान ३७ अंक नै रहेपनि इन्टर मिलान र रोमा गोलअन्तरमा चौथो र पाँचौ स्थानमा छ । पराजित मिलान ३८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.