3 years ago
January 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अनन्तराज थापाले सिनियर टोलीको जिम्मेवारी पाउनु अवसरसँगै चुनौती रहेको बताएका छन् ।

पहिलो पटक सिनियर टोलीको जिम्मेवारी पाएका थापाले महिला टोलीमा निकै सम्भावना रहेको बताए । ‘महिला फुटबल पछिल्लो समय उदाउँदो छ । नेपालले पनि धेरै प्रगति गरेको छ । यो अवसरमा मैले सक्दो प्रयास गर्नेछु । चुनौती पनि उत्तिकै छ,’ थापाले भने ।
थापा भदौमा नेपालमा सम्पन्न महिला साफ च्याम्पियनसिपको प्राविधिक अध्ययन समितिमा पनि थिए । त्यसबेला दक्षिण एसियाको फुटबललाई थप नजिकबाट नियाल्ने अवसर पाएको थापाले बताए । ‘म साफको दौरान प्राविधिक अध्ययन समितिमा थिएँ । त्यो बेलामा थप नजिकबाट बुझ्ने मौका पाएँ । नेपाली टोलीजस्तै दक्षिण एसियामा अन्य टोली पनि राम्रो छन्,’ उनले भने ।
थापाले टोली निर्माण गर्न छोटो समय रहेकाले ४३ सदस्यीय टोलीबाट चाडै अन्तिम टोली घोषणा गर्ने बताए । ‘हामीसँग धेरै समय छैन । त्यसैले पहिलो चरणको छनोट यसै साता सम्पन्न हुनेछ । अधिकांश खेलाडी विभागीय टोलीमा रहेकाले पनि फिटनेसमा खासै समस्या हुन्छ जस्तो लाग्दैन,’ उनले भने ।
थापाले मैत्रीपूर्ण खेलका लागि ४३ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]