default_image

1 year ago

January 31, 2023

अमेरिकी मिडफिल्डर लिड्समा अनुबन्धित

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब लिड्स युनाइटेडले इटालियन क्लब युभेन्ट्सका अमेरिकी मिडफिल्डर वेस्टन म्याकेनीलाई लोनमा अनुबन्धित गरेको छ । लिड्सले अमेरिकी मिडफिल्डर म्याकेनीलाई सिजनको अन्त्यसम्मको लागि लोनमा अनुबन्ध गरेको हो । २४ वर्षीया वेस्टनलाई लिड्सले जनवरी ट्रान्सफरको अन्तिम समयतिर क्लबमा आबद्ध गरेको हो । लिड्सले सिजनको अन्त्यपछि स्थायी खेलाडी बनाउन पाउने पनि सम्झौता छ […]

122 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब लिड्स युनाइटेडले इटालियन क्लब युभेन्ट्सका अमेरिकी मिडफिल्डर वेस्टन म्याकेनीलाई लोनमा अनुबन्धित गरेको छ ।

लिड्सले अमेरिकी मिडफिल्डर म्याकेनीलाई सिजनको अन्त्यसम्मको लागि लोनमा अनुबन्ध गरेको हो । २४ वर्षीया वेस्टनलाई लिड्सले जनवरी ट्रान्सफरको अन्तिम समयतिर क्लबमा आबद्ध गरेको हो । लिड्सले सिजनको अन्त्यपछि स्थायी खेलाडी बनाउन पाउने पनि सम्झौता छ ।

म्याकेनीले यो सिजन युभेन्ट्सका लागि २१ खेलमा ३ गोल गरेका छन् । जनवरी ट्रान्सफरमा म्याकेनी लिड्समा अनुबन्ध हुने तेस्रो खेलाडी हो । यसअघि लिड्सले म्याक्स वोबर र जर्जिनियो रुटरलाई अनुबन्ध गरिसकेको छ ।

म्याकेनीलाई अनुबन्ध गर्न प्रिमियर लिगका शीर्ष टोलीले पनि चासो देखाएका थिए । तर उनले लिड्स रोजेका हुन् । उनका अमेरिकी सहयात्री टेलर एडम्स र ब्रेन्डन आरोन्सनले प्रिमियर लिग खेल्छन् ।

अब म्याकेनीले नटिङहम फरेस्टसँग आगामी आइतवार प्रिमियर लिग खेलबाट लिड्सबाट डेब्यु गर्नेछन् । म्याकेनीले अमेरिकाबाट ४१ क्याप जित्दा ९ गोल गरेका छन् । कतार विश्वकप २०२२ मा अमेरिका प्रि–क्वाटरफाइनलमा पुग्दा उनले सबै चार खेलमा सुरुवात गरेका थिए ।

म्याकेनी सन् २०२० मा जर्मन क्लब साल्केबाट लोनमा जुभेन्ट्समा सामेल भएका थिए । त्यसको एक सिजनपछि उनी युभेन्ट्समा स्थायी खेलाडी बनेका थिए । उनले युभेन्ट्सबाट ६५ खेल खेल्दा ८ गोल गरेका छन् ।

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.