default_image

3 years ago

February 5, 2023

मेस्सीको गोलमा पिएसजी विजयी

333 views

0 Bookmark

एजेन्सी – स्टार फरवार्डद्वय किलीयन एमबाप्पे र नेयमार अनुपस्थित रहेको खेलमा पिएसजीले अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीको गोलमा निकै प्रतिस्पर्धात्मक जित हासिल गरेको छ ।

एक समय खेलमा पछि परेको अवस्थालाई उल्टाउँदै पिएसजीले टुलुजमाथि ३-१ को जित दर्ता गरेको हो । फ्रान्सेली लिग वन अन्तर्गत घरेलु मैदानमा पिएसजीले ३ अंक जोड्न निकै संघर्ष गर्नुपर्यो । बल पोसेसनमा पकड जमाउँदै विपक्षीविरुद्ध आक्रमण बुनेको पिएसजीको फिनिसिङमा भने सोचेजस्तो नतिजा आउन सकेन ।

टुलुजले खेलको २० औं मिनेटमा अग्रता लिएको थियो । ब्रान्को भान डेन बुमेनले फ्रिकिकमा गोल गर्दै घरेलु टोलीलाई स्तब्ध पारेका थिए । तर अक्रफ हकिमीले ३८ औं मिनेटमा गोल गर्दै पिएसजीलाई बराबरीमा ल्याए । उनले कार्लोस सोलरको पासमा गोल गरे ।

दोस्रो हाफको ५८ औं मिनेटमा मेस्सीले गोल गरे । हाकिमीको पासमा मेस्सीले सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाए । सोहि गोल पिएसजीका लागि जित दर्ता गर्न पर्याप्त बन्यो । मेस्सीको यो जारी लिगमा दशौं गोल हो ।

चोटका कारण फरवार्ड एमबाप्पे तीन साता मैदानबाहिर रहने भएका छन् । मोन्टपेलिएरविरुद्ध खेलमा चोट बोकेपछि उनले च्याम्पियन्स लिगमा बायर्नविरुद्ध पहिलो लेग पनि गुमाउने भएका हुन् ।

अंक तालिकामा पिएसजी २२ खेलमा ५४ अंकसहित शीर्षस्थानमा छ । मार्सेको २१ खेलमा ४६ अंक छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.