3 years ago
February 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी साफ यू२० महिला च्याम्पियनसिपमा आज नेपालले आफ्नो दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र भुटानबीचको खेल दिउँसो ३ः१५ बजेपछि ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ ।भुटानविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपाल पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।
भुटान पनि पहिलो जितको खोजीमा हुनेछ । भुटान पहिलो खेलमा भारतसँग १२–० ले पराजित भएको थियो । आज नै भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोली लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । भुटानसँगको खेलपछि नेपालले आफ्नो अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।
यू–२० महिला टोली
कविता विक, सावित्री किसान, लिला जोशी, सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ, तुलसा बोहरा, कुसुम खतिवडा,सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई ९कप्तान०, अञ्जली मचामसी, सरस्वती हमाल, दीपा शाही, गरिमा राई, अमिषा कार्की, ममता पुन र अञ्जली चन्द
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]