default_image

1 year ago

March 3, 2023

ए डिभिजन लिग आज सुरु हुँदै- कसले के भने ?

106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिमा आन्तरिक विवाद बढिरहँदा सहिद स्मारक ए डिभिजन लिग शुक्रबार सुरु हुँदैछ । दशरथ रंगशालासहित ३ मैदानमा हुने देशको शीर्ष डिभिजनको लिग यसपटक डबल राउन्ड रोविनका आधारमा हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्ससहित यसपटक च्यासल फुटबल मैदानमा पनि लिग हुने छ। लिगको प्रत्यक्ष प्रसारण स्पेस फोर केबाट हुने बताइएको छ । दशरथ रंगशालामा शुक्रबार हुने उद्घाटन खेल फेन्ड्स क्लब र नव प्रवेशी एफसी खुमलटारबीच हुनेछ ।

लिगको विजेताले उपाधिसहित ७५ लाख, दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । फेयर प्ले चुनिने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । यसपटक तयारीका लागि एन्फाले हरेक क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउनेछ । त्यसमध्ये लिग हरेक क्लबले १५ लाख रुपैयाँ बुझिसकेका छन् ।

लिगको सर्वोत्कृष्ट खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले २ लाख रुपैयाँ तथा उदयीमान खेलाडीले १ लाख ५० हजार र हरेक खेलको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ पाउँनेछन्। अघिल्लो संस्करणमा जस्तै म्याच मनि बापत हरेक खेलको विजेताले ५० हजार रुपैयाँ पाउनेछ भने बराबरीमा टुंगिएमा त्यो रकम दुवै टोलीलाई बराबर दिइनेछ ।

सहभागी १४ क्लबको सहभागितामा हुने १ सय ८२ खेलपछि अंक तालिकाको पुछारमा रहेका दुई टोली बी डिभिजनमा घटुवा हुनेछन् । लिगको अघिल्लो दिन बिहीबार सहभागी क्लबका अधिकांश प्रशिक्षक, कप्तान र अन्यले उच्च प्रदर्शनको आशा राखेको बताएका छन् ।

कसले के भने ?

प्रदीप हुमागाई (प्रशिक्षक, चर्च ब्वाइज क्लब)

मोफसल खेलिरहेका छौ। प्रशिक्षणमा केन्द्रित छौं । विदेशी खेलाडी आउने क्रम पनि जारी छ । पहिलो खेलका लागि टोलीको अवस्था ठिकै छ । टिम राम्रो हुँदै जाने आशा छ । प्रशिक्षकहरु पनि अपग्रेड भइरहेका छन् । गेम रिड गरेर अघि बढ्ने छौं । स्वयम्सेवी प्रशिक्षकको रुपमा काम गर्दैछु । अन्जन विष्ट दुई खेलपछि आउने छन् । हाम्रो मिक्स टिम हो । युथ र राष्ट्रिय टोलीलाई प्रतिनिधित्व गरिसकेको एउटा राम्रो टोली बनेको छ । बी बाट एमा आएको सकरात्मक भाइव्स भएको टिम हो । अझै राम्रो बनाउन सकिन्छ भन्ने लागेको छ ।

अनन्त तामाङ (कप्तान, चर्च ब्वाइज क्लब)

टिम राम्रो बनेको छ । ७० प्रतिशत युवा खेलाडी छन् । २ महिनादेखि प्रशिक्षणमा । नतिजा राम्रै आउने छ भन्ने आशा छ । लिगको लागि अन्तिम चरणमा आइपुग्दा टोली एउटा सेपमा पुगेको । कुन पोजिसनमा खेल्न जरुरत त्यसै अनुसार खेल्नेछु । उपाधिको लागि खेल्ने छौं । सम्झौता गरेको दुई खेलाडी बाहिर छन् । मिस भइरहेको छ । उनीहरुको ठाँउमा अन्य खेलाडी आइसकेको छन् । लिगलाई असर गर्छ जस्तो लाग्दैन । विदेशी खेलाडी आउने क्रममा रहँदा खासै फरक पर्छ जस्तो लाग्दैन ।

विदुर श्रेष्ठ (सिइओ, एफसी खुमलटार)

खुमलटार युवा क्लब प्रोपर्ली फुटबल खेल्नको लागि एफसी खुमलटारको नामबाट खेल्न लागेको छ । एएफसी खेल्ने पनि तयारी गरेका छौं । दुई महिना अघिबाट प्रशिक्षण सुरु गरेका थियौं । स्टार खेलाडीलाई अनुबन्ध गराउन सफल भएका छौं । हाम्रो लक्ष्य उपाधि जित्नु हो ।
बी डिभिजन सानो बजेटमा खेल्न सकिने भएपनि ए डिभिजन खेल्न पैसा नै चाहिने रहेछ । यसपाली राम्रै खर्च गरिरहेको छौं । तयारीमा कुनै कमी छैन । इन्ज्युरी केश छैन । सुरुमा हामी ए डिभिजनमै रहने भन्ने मनस्थितिमा थियौं । पछि दुई चर्चित विदेशी खेलाडी मेसुके ओलोमोउ र स्टेफन समिर विनोङलाई ल्याएपछि कथा बदलिउको छ । ५ वर्षको योजना बनाएका छौं । ४ महिना खर्च गर्ने र ८ महिना कमाउने हो ।

रेजिन सुब्बा (कप्तान, एफसी खुमलटार)

खेलाडी सबै जसो युवा छन् । सबैले सबैजनासँग खेलेका छन् । दुई जना चर्चित विदेशी खेलाडी रहेकोले पनि राम्रै हुन्छ होला भन्ने आशा छ ।

उर्जन श्रेष्ठ ( मुख्य प्रशिक्षक, फ्रेन्ड्स क्लब)

दुई साताको प्रशिक्षणपछि लिग खेल्न लागेका छौं । राम्रो भइरहेको छ । खेलाडी फिट छन् । अनुभवी खेलाडी रहेकाले हामीलाई फाइदा छ । पहिलो खेलको लागि तयार छौं । सबै कमिटी नयाँ भएकाले टोली जोशमा छ । राम्रो र अनुभवी खेलाडी समेटेका छौं ।

पहिलाको कमी कमजोरी नगर्ने लक्ष्य हो। शीर्ष ६ भित्र पर्ने लक्ष्य लिएका छौं । विदेशी नखेलेसम्म कस्तो छन् भन्न सकिन्न । अनुभवी खेलाडी रहेकाले पहिलो खेललाई गाह्रो छैन । व्यवस्थापन राम्रो भएको क्लबमा काम गर्न सहज हुने भएकाले फ्रेन्ड्समा आएको हु ।

प्रकाश बुढाथोकी (कप्तान, फ्रेन्ड्स क्लब)

सिनियर खेलाडीको कमी छैन । राम्रो एबिलिटी देखिएको छ । म चाँहि काइन्ड अफ भिक्टिम नै हो । यसअघिको तीन सिजनको लिग पुरै खेल्न पाइन । ‘ए’ डिभिजनमा डेब्यु गरेको क्लबमै छु । फरक खालको वातावरण छ ।

पहिलो खेलको नतिजाले टोली कहाँ रहने निर्धारण गर्छ । लिग भनेको लामो दौड हो । पहिलो खेलमा एकदमै फोकस छौं । अनुभवी लक्ष्मण रुचाल, अमित तामाङ, बुद्ध चेम्जोङ र रुपेश केसी टोलीमा छन् । अघिल्लो वर्षभन्दा यो वर्ष टोली राम्रो बनेको छ ।

रत्नकाजी महर्जन ( प्रशिक्षक, एपिएफ)
यसपाली च्याम्पियन हुने किसिमबाट तयारी गरेका छौं । पहिलाको लिगको आधार, एपिएफ विभागीय टिममा विदेशी खेलाडी खेलाउने पहिलो क्लब हो । सुरुको तीन खेल पछि हामीले मछिन्द्रबाहेक अरुसँग पराजित भएनौं ।

यसपाली सुरुबाट नै विदेशी खेलाडी प्रयोग गर्ने चार विदेशी खेलाडीलाई टोलीमा समेटेका छौं । मोफसलमा विभिन्न गोल्डकप खेलेका छौं । उपाधि नजितेपनि प्रदर्शन राम्रो छ । आवास लामिछाने कम्तीमा दुई खेलपछि नेपाल आउनेछ । उनी अहिले स्पेनमा छन्। गत वर्ष टोलीमा रहेका आशिष लामा, रवि थिङ र राजन गुरुङ बाहेक सबै छन् । गोलरक्षक एन्जल श्रेष्ठ थपेका छौं ।


टोप बहादुर विष्ट ( कप्तान, एपिएफ)

तयारी राम्रै छ । पहिलाको भन्दा राम्रो पोजिसनमा आउने छौं ।

सल्यान खड्गी (मुख्य प्रशिक्षक, संकटा क्लब)

डेढ महिनाको तयारी गरेका छौं । मोफसल खेल्यौं । टिममा केही राष्ट्रिय र युवा खेलाडीलाई समेटेका छौं । प्रशिक्षकको भुमिका जहिल्यै चुनौती पूर्ण हुन्छ । म कसैसँग तुलना गर्न चाहदिन सबै मेरो सहयात्री हुन् । अब मैले के गर्छु त्यो मेरो लागि चुनौती हो । टाइटल विनिङ टिम छ । मोफसलमा चार खेल खेल्यौं । नतिजा जस्तोसुकै आएपनि लिगमा राम्रो गर्नेछौं ।

सुनिल बल ( कप्तान, संकटा क्लब)

मोफसलले खेल्दा प्रशिक्षण गर्न पाएनौं । मोफसलमा राम्रो नतिजा निकाल्न सकेनौ । त्यसबाट सिक्दै अघि बढ्ने योजना छ । जिम्मेवारी भएर अघि बढ्ने भनेर नै नयाँ चुनौती लिन तयार भएको हो । संकटाले उपाधिकै लागि खेल्नेछ । सबैले वेस्ट दिनेछौं ।

चेतन घिमिरे (मुख्य प्रशिक्षक, नेपाल पुलिस क्लब)

हाम्रो टोलीको प्रदर्शन हेर्दा गाह्रो छ । आन्तरिक प्रतिस्पर्धाबाट युवा खेलाडीलाई टोलीमा समेटेर राम्रो टोली बनाएका छौं । गाह्रो भन्दा पनि लिमिटेड खेलाडी छन् । राम्रो कसरी गर्न सकिन्छ भनेर तयारी गरिरहेका छौं ।

रामचन्द्र वाजी (कप्तान, पुलिस)
नयाँ प्रशिक्षकको योजना अनुुसार खेल्नेछौं । टिम युवा नै छ । विडम्वना नै भन्नुपर्छ, पहिला नेपाल पुलिस क्लब भनेपछि स्टार खेलाडीले भरिएको टिम थियो । पछिल्लो समय आएर पुलिसमा युवा टोलीमा हामी निर्भर छौं । नयाँ खेलाडीबाटै आशा गरेका छौं ।

सनोज श्रेष्ठ ( मुख्य प्रशिक्षक, सातदोबाटो युथ क्लब)

टिम सन्तुलित छ । मोफसल खेलेर अनुभव बटुलेका छौं । युवा खेलाडी छन्। तयारी प्रतियोगिता राम्रो भएको छ । राम्रो प्रदर्शन गर्ने योजनामा छौं । शीर्ष चारमा पर्ने हाम्रो लक्ष्य हो ।

सुदिप गुरुङ ( कप्तान, सातदोबाटो)
युवा खेलाडीको बाहुल्यता रहेको छ । लिगको लागि खास तयारी छौं । राम्रो नतिजाको आशा राखेका छौं । प्रशिक्षक अनुसारको रणनीति फरक–फरक हुन्छ । राम्रो सिकाउनु हुन्छ । हामीले कसरी लिने भन्ने हो । खेल्ने हामी नै हो । पहिलो भन्दा राम्रो गर्ने सोच छ । विपक्षी जो भएपनि जित्नेगरी खेल्ने हो । त्यसमै खुशी हुने हो । पहिला र अहिलेको टिममा खासै फरक छैन ।

राजु तामाङ (सहायक प्रशिक्षक, त्रिभुवन आर्मी क्लब)

पछिल्लो दुई खेलको नतिजाले टिम राम्रो लयमा रहेको देखिएको छ । त्यो भन्दा अघि तीन म्याचमा हाम्रो नतिजा राम्रो भएन । सेटको खेलाडी विदेशिदा टिमलाई सेट गर्न समस्या परिरहेको थियो । तर, पछिल्लो दुई खेलको नतिजाले आर्मी उपाधि दावेदारको रुपमा उभिएका छौं । आर्मीले दावेदारी पस्कनेछ ।

फरवार्डमा प्रतिस्पर्धा छ । राम्रो गर्न सके फाइनल थर्ड ब्रेक गर्न सकिने । विगतको गल्ती नदोहोरिन सक्छ । समस्या छ, नकार्न सकिदैन । राम्रो गर्न कोशिस गछौं । त्यही अनुसार तयारी छ। मुख्य प्रशिक्षक नविन न्यौपानेको अनुपस्थितिमा पनि उनकै रणनीतिमा हुनेछौं ।

भरत खवास (कप्तान, आर्मी)
तयारी राम्रै छ । खेलाडीलाई खासै चोट छैन । रेगुलर खेल्ने खेलाडी टिममा नहुँदा तल माथि भइराख्छ । तर, नयाँ खेलाडी पनि प्रतिभावन् छन् । लिगमा त्यति साह्रै गाह्रो नपर्ला । क्लबमा ३५ जना छौं । दुई ठाउँमा खेल्दा दुई टोली जस्तो देखिएको हो । हामी ३५ जनाबाटै लिग खेल्छौं । विदेशी खेलाडी क्लबमा आए राम्रो हुन्छ । तर, हाम्रो संस्थाले नेपालीलाई नै जोड दिएको छ ।

जीवन सिंकेमान ( प्रशिक्षक, एनआरटी)
अरु क्लबको जस्तो हाम्रो क्लबको पनि तयारी राम्रो भएको छ । अढाई महिनाको तयारी गर्यौं । यसअघिका दुई राम्रो विदेशी खेलाडी राख्न सकेनौं । तर, नयाँ विदेशी खेलाडीले उनीहरुको स्थान लिनेछन् । ५ जना विदेशीमा दुई जना भारतीय र तीन क्यामरुनका छन् । अनुभवी खेलाडीको कमी रहेपनि राम्रो गर्नेमा आशावादी छौं । अघिल्लो वर्षको नतिजालाई मेन्टेन गर्ने यो वर्षको लक्ष्य छ । अरु क्लबमा पनि नयाँ अनुहार देखिने छ ।

सुनिल कुमार श्रेष्ठ ( मुख्य प्रशिक्षक, जावलाखेल युथ क्लब)

लिगलाई तयारी गर्दा दुई खेल खेलेका थियौ । टिम सेट गर्दै गइरहेका छौं । सबै खेलाडी नयाँ नै छन् । गत वर्ष खेलेको दुई तीन जना छन् । उज्वेकिस्तान र भारतका खेलाडी ल्याएका छौं । हाम्रो लक्ष्य पनि अरु क्लबको जस्तै हो । क्लबले राम्रो लगानी गरिरहेको छ । सन्तुष्ट छु । कहिलेकाही राम्रो खेल्दा खेल्दै पनि नतिजा नआउन सक्छ । प्रतिस्पर्धा बढिरहेको छ । नेपालमा अहिले विभागलाई पनि गाह्रो भइरहेको छ । हामी पनि राम्रो टोली नै हौं ।

सिमन्त थापा ( कप्तान, जावलाखेल)

हामीले एक महिनाअघिबाट प्रशिक्षण गरेका छौं । प्रशिक्षण राम्रो भइरहेको । नतिजा पनि राम्रै आउने भन्नेमा आशावादी छौं ।

किरण श्रेष्ठ (मुख्य प्रशिक्षक, मनाङ मस्याङ्दी क्लब)

पोखरामा बन्द प्रशिक्षण गर्यौं । टिम राम्रो प्रदर्शन गर्न सक्षम छ । लिगको लागि तयार भएर बसेका छौं । खेलाडीले टिम छोड्यो या व्यवस्थापनले निकाल्यो त्यो मलाई थाहा छैन । जुन तरिकाले टिम बनेको छ, राम्रो गर्छ जस्तो लागेको छ ।

अहिले मनाङमा स्टार खेलाडी छैनन् । यहाँ चाँहि के कल्चर छ भने मनाङले १४–१५ जना राष्ट्रिय खेलाडी र राम्रो विदेशी खेलाडी ल्याएर लिग जित्छ भन्ने छ । त्यो कल्चर परिवर्तन गरेका छौं । फरक सोच राखेर टिम बनाएका छौं । लक्ष्य शीर्ष चारको हो, त्यसपछि च्याम्पियन नै हो ।

अहिले भएको खेलाडी मेरो वेमा फिट छ । विनिङ एटिट्युड विकास भइसकेको छ । पहिलो खेल कसरी क्लिक हुन्छ, त्यही अनुसार नै रणनीति हुन्छ । बार्सिलोनाको रिजर्भ टोलीमा रहेका डिया नेपालमा आएको मध्ये टेक्नीकल्ली उत्कृष्ट खेलाडी हुन् । उनको आगमनले टोलीको मनोवल बढेको छ ।

दीप कार्की ( कप्तान, मनाङ)

प्रशिक्षकको रणनीति अनुसार नै लिगको लागि तयार भएर बसेका छौं । कप्तानको जिम्मेवारी छुट्टै हुन्छ । सबैलाई समेटेर लैजानुपर्छ । आफ्नो खेलाडीलाई एकजुट गरेका छौं । डियाले मोटिभेटले राम्रो गरिरहेका छन् । बार्सिलोनाको खेल टिभीमा हेरिरहेका हुन्छौं त्यही खेलेको खेलाडीसँग खेल्न पाउँदा हाम्रो मनोवल बढेको छ ।

विनोद माझी ( सहायक प्रशिक्षक, थ्री स्टार क्लब)

एक महिनाको तयारीमा लिग खेल्दै छौं । प्रशिक्षक मेघराज केसी कमब्याक भएको छ । अनुभवी र युवा खेलाडीलाई समेटेर टोली बनाएका छौं । प्रशिक्षक केसीले थ्री स्टारबाट लिग जित्न सकेको छैन । हामी उनीबाट लिग जितेको हेर्न चहान्छौं । यसपाली च्याम्पियन हुन नै प्रतिस्पर्धा गर्नेछौं ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.