3 years ago
March 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती अग्रता जोगाउन नसक्दा मनाङ–मर्स्याङ्दी क्लबले यस सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग बराबरीबाट सुरुवात गरेको छ ।

मनाङले हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङका लागि रोशन रानामगरले गोल गर्दा शेर्पाका सुरेश कुमालले बराबरी गोल फर्काए ।
प्रतिस्पर्धात्मक खेलको १४औं मिनेटमा रोशन राना मगरको गोलबाट मनाङले १–० को अग्रता लिन सफल भएको थियो । उनको प्रहार सन्जित राईलाई लाग्दै गोलमा परिणत भएको थिउो ।
तर, त्यो अग्रतालाई मनाङले दोस्रो हाफमा जोगाउन सकेन । ८५औं मिनेटमा सुरेश कुमालले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ५९औं मिनेटमा राजकुमार कुँवरको स्थानमा मैदान छिरेका सुरेशले मनाङका गोलरक्षक दीप कार्की आफ्नो पोजिसनमा नरहेको अवस्थामा गरेको प्रहारले जाली चुम्न पुगेको थियो ।
यस बराबरीसँगै मनाङ र शेर्पाले पहिलो खेलबाट समान १ अंक बटुलेको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]