3 years ago
March 19, 2023
एजेन्सी – ला लिगका शीर्ष २ टोली बार्सिलोना र रियल म्याड्रिडबीच आज राती एल क्लासिको हुँदैछ । खेल नेपाली समय अनुसार राती १:४५ बजे सुरु हुनेछ । घरेलु मैदानमा हुने खेलमा रियललाई हराउन सके बार्सिलोनाले ला लिगा उपाधि जित्ने सम्भावनालाई थप बलियो बनाउनेछ ।

२५ खेलको समाप्तीमा शीर्षस्थानको बार्सिलोनाको भन्दा दोस्रो स्थानको रियलको ९ अंक कम छ । बार्सिलोनको ६५ र रियलको ५६ अंक छ । रियलसँग भने बार्सिलोनासँगको अंक दुरीलाई ६ अंकमा घटाउने मौका छ ।
बार्सिलोनाले पेद्री र ओसमाने डेम्बेलेविना सुरुवात गर्ने सम्भावना छ । चोटका कारण उनीहरु खेल्ने छैनन् । चोटकै कारण डेभिड अल्बा विना नै रियलले बार्सिलोनाविरुद्ध खेल्नुपर्नेछ । अल्भारो रोड्रिगुइज प्रतिबन्धका कारण बार्सिलोनाविरुद्धका खेलमा हुनेछनन् ।
च्याम्पियन्स लिगमा समान्य चोट लागेपनि करिम बेन्जेमा भने बार्सिलोनाविरुद्ध सुरुवाती ११ मा खेल्ने सम्भावना छ । बेन्जेमाकै गोलमा च्याम्पियन्स लिगको दोस्रो लेगमा रियलले लिभरपुललाई १–० ले हराएको थियो । भिनिसियस जुनियरको पासमा बेन्जेमाले गोल गरेका थिए । एल क्लासिकोमा पनि भिनिसियबाट उच्च प्रदर्शनको अपेक्षा गरिएको छ ।

पछिल्ला केहि खेलमा संघर्ष गर्नु परेपनि भिनिसियसबाट सधै अपेक्षा रहने रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले बताएका छन् । यो वर्ष बार्सिलोनाले दुई पटक रियल माथि जित हासिल गरिसकेको छ । जनवरीमा स्पेनिस सुपर कप फाइनलमा र यसै महिना भएको कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना १–० ले विजयी भएको थियो । सेमिफाइनलको दोस्रो लेग क्याम्प नोउमा अप्रिल ५ मा हुनेछ ।
अक्टुबरमा भएको एल क्लासिकोमा भने रियल ३–१ ले विजयी भएको थियो । बार्सिलोनाका प्रशिक्षका जाभीले भने दुवै टोलीले जित्ने सम्भावना बराबर रहेको बताएका छन् । ‘उनीहरु बलियो छन् । पछिल्लो समय झनै बलियो छैन, उनले भनेका छन्,‘ जनवरीमा भन्दा पनि उनीहरु शारीरिक रुप थप मजबुद छन् । मलाई लाग्छ उनीहरुले हाम्रो रक्षापक्तिमाथि दबाब दिनेछन् ।’
च्याम्पियन्स लिगमा उच्च प्रर्दशन गरिरहेको प्रसंगलाई पनि जाभीले स्मरण गरेका छन् । रियल म्याड्रिड युरोपियन च्याम्पियन टोली हो । पछिल्ला खेल पनि सहजै जितेको थियो, उनले भने,‘मलाई लाग्छ खेल प्रतिस्पर्धात्मक हुनेछ । हामीले जित्ने ५० प्रतिशत सम्भावना छ ।’
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]