3 years ago
March 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालभन्दा वरीयतामा कमजोर रहेपनि बुधबार सुरु हुने प्रधानमन्त्री भुटान र लाओसलाई कमजोर रुपमा नलिने नेपाली राष्ट्रिय फुटबल टोलीले बताएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बुधबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल सुरु हुँदैछ । थ्री नेसन्स कपमा घरेलु टोली नेपालसहित भुटान र लाओसको सहभागिता रहेको छ । थ्री नेसन्स कपको उद्घाटन खेलमा नेपाल र लाओस खेल्नेछन् । खेल साँझ ६ बजेपछि हुनेछ ।
नेपालले सन् २०१६ पछि पहिलोपटक लाओससँग खेल्न लागेको हो । एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा भएको थियो । जसमा २–२ गोलको बराबरीपछि नेपालले पेनाल्टीमा ३–० ले खेल जित्दा ट्राइब्रेकरमा किरण नायक बनेका थिए ।
नेपाली टोलीका कप्तान किरण चेम्जोङले छोटो तयारी भएपनि लाओसविरुद्ध खेल्न नेपाली टोली तयार रहेको बताएका छन् । ‘छोटो समय भएपनि तयारी राम्रो छ । लाओसविरुद्धको खेलको लागि तयार छौं । राष्ट्रका लागि राम्रो नतिजाका लागि फाइट गर्छौं,’ उनले भने ।
मंगलबार आयोजित प्रि–म्याच कन्फरेन्समा कप्तान किरणले भने, ‘नयाँ प्रशिक्षक र नयाँ खेलाडीको कारण टोलीका लागि चुनौती भएपनि त्यसलाई स्वीकार गरेर अघि बढ्नुको विकल्प छैन । तयारी छोटो भयो । नयाँ टिम छ । नयाँ प्रशिक्षक छन् । त्यसैले चुनौती छ । यसलाई स्वीकार गरेर अघि बढेका छौँ । सफल भइन्छ । हामीले एक अर्कालाई विश्वास गरेका छौँ । टिमका खेलाडी फिट छन् ।’
‘लाओस र भुटानसँग हामीले पहिला खेलेका छौं । म आफैं खेलेको थिएँ । तर लामो समय भइसकेको छ । टोलीमा परिवर्तन आएको छ । हामी आफ्नो उच्च प्रदर्शन गर्नेछौं । तर यो फुटबल हो, जस्तोसुकै नतिजा पनि आउन सक्छ,’ कप्तानले भने ।
मुख्य प्रशिक्षक अनेसेले थ्री नेसन्सका लागि आफुले उत्कृष्ट खेलाडी छनोट गरेको बताए । ‘तीन दिन तयारी गर्यौं । राम्रो तयारी भयो । हामीसँग धेरै युवा खेलाडी छन्,’ उनले भने, ‘लिगबाट हामीले उत्कृष्ट खेलाडी छनोट गरेका छौं । विपक्षी टिमको गुण आफुले देखेको र आफ्नो टिमको गुण समेत जानकारी छ । वरीयता हेरेर विपक्षी टोलीबारे थाहा हुँदैन ।’

लाओसका मुख्य प्रशिक्षक माइकल वेसले आफुसँग युवा टोली रहेको बताउँदै राम्रो नतिजाकै लागि खेल्ने बताए । लाओसका कप्तान सौकाफोन भोङ्चियाङखामले प्रतियोगिताका लागि पहिलोपटक नेपाल आउँदा खुशी लागेको बताउँदै प्रतियोगिताका लागि उत्साहित रहेको बताए । उनले घरेलु टोली नेपालविरुद्ध लाओसको फुटबल देखाउने बताए ।
भुटानका मुख्य प्रशिक्षक पेमाले थ्री नेसन्स कपका लागि २ महिनाबाट तयारी गरिएको र अन्य टोलीको जस्तो आफ्नो टोलीको लक्ष्य पनि जित नै रहेको बताए । भुटानी कप्तान चेन्चो ग्याल्सेनले प्रतियोगिताका लागि आफु उत्साहित रहेको बताए । उनले क्लब फुटबलमा आफ्नो सहकर्मी नेपाली टोलीका कप्तान तथा गोलरक्षक किरणविरुद्ध खेल्न कठिन हुने भएपनि आफु गोल गर्ने योजनामा रहेको बताए ।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् । विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् । एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार टिकट दर राखिएको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण एनटिभी प्लसबाट हुनेछ ।
यो पनि :
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]