3 years ago
April 4, 2023
सुबास हुमागाईं, काठमाडौं
नेपाली महिला राष्ट्रिय टोलीकी मिडफिल्डर दिपा शाही भारतको शीर्ष डिभिजन क्लब लर्ड्स फुटबल एकेडेमीमा अनुबन्धित भएकी छिन् । सिनियर टोलीमा उच्च प्रदर्शन गरेकी उनलाई भारतीय क्लबले वुमन्स लिगको लागि अनुबन्ध गरेको हो ।

दिपाले भदौमा नेपालमै भएको साफ महिला च्याम्पियनसिपमा उच्च प्रदर्शन गरेकी थिइन् । नेपालले सेमिफाइनलमा भारतलाई हराउँदा उनले मिडफिल्डमा सानदार खेलेकी थिइन् । त्यसै खेलबाट भारतीय टोलीको नजर उनीमाथि परेको थियो । उनी बेंगलोरस्थित एलेफ स्पोर्ट्स म्यानेजमेन्टमार्फत भारतीय लिगमा अनुबन्धित भएकी हुन् ।
नेपालबाट यसअघि सावित्रा भण्डारी र अनिता बस्नेतले भारतीय लिग खेलिसकेका छन् । सावित्राली सेथु एफसी र गोकुलम केरालाबाट लिग उपाधि जितेकी हुन् । अनिताले सावित्रासँगै खेल्दा सेथुबाट लिग जितेकी थिइन् । यसपटक गोकुलम लगातार तेस्रो पटक लिग जित्ने सुरमा छ र सावित्रा पनि अनुबन्धित भइसकेकी छिन् ।
नयाँ सिजनका लागि गीता राना, एन्जिला तुम्बापो सुब्बा र सरु लिम्बुलाई पनि सेथुले अनुबन्ध गर्ने भनेपनि लिग स्थगित हुँदा खेल हुन सकेन । यसपटक भने १६ टोली सम्मिलित लिग २५ अप्रिलबाट सुरु हुँदैछ । सहभागी टोलीलाई ८-८ टोलीको दुई समूहमा विभाजन गरिएको छ । दिपा अनुबन्धित लर्ड्स र सावित्राको गोकुलम दुवै केरला लिगमा खेल्ने गर्छन् ।

दिपाले भारतमा व्यावसायिक फुटबल खेल्न पाउँदा निकै खुसी रहेको बताइन् । ‘निकै खुसी लागेको छ । मैले निरन्तर मिहिनेत गरेको फल पाएको रुपमा लिएको छु । तर अझै धेरै गर्न सकिन्छ जस्तो लागेको छ । यो अवसरको सक्दो सदुपयोग गर्ने प्रयास गर्नेछु,’ उनले भनिन् ।
दिपाले डेढ वर्ष अघिमात्र नेपालको राष्ट्रिय स्तरको प्रतियोगिता खेलेकी थिइन् । काठमाडौंमा भएको उपमेयर कप राष्ट्रिय महिला लिगमा डेब्युमै दिपाको लोभलाग्दो प्रभाव रहेको थियो । त्यसपछि उनले साफ यू-१८ च्याम्पियनसिप खेलेकी थिइन् । त्यसपछि त्रिभुवन आर्मी क्लबमा आबद्ध उनले राष्ट्रिय लिग हुँदै सिनियर राष्ट्रिय टोलीमा स्थान बनाइन् । उनले साफ च्याम्पियनसिपको पहिलो खेलमै भुटानविरुद्ध सुरुवाती रोजाइमा रहेर डेब्यु गरिन् ।

दिपाले साफ च्याम्पियनसिपको सबै खेलमा नेपालको लागि पहिलो रोजाइमा खेलिन् । सेन्टर मिडफिल्ड सम्हाल्ने उनी बक्स टु बक्स भूमिकामा देखिएकी थिइन् । उमेर समूहमा भने दिपाले केहि आक्रामक भूमिका निर्वाह गर्दै आएकी छिन् । उनकै उच्च प्रदर्शनमा नेपालले महिला यू-२० एसियन कपको दोस्रो चरणमा स्थान बनाएको थियो ।
दिपाको करिअरले छोटो समयमै उडान लिएको छ । राष्ट्रिय स्तरको प्रतियोगिता खेलेको डेढ वर्षमै उनले विदेशी लिगको यात्रा तय गरेकी छिन् । दिप सम्मिलित नेपालले बुधबार ओलम्पिक छनोट अन्तर्गत पहिलो खेलमा भिएतनामको सामना गर्दैछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]