default_image

1 year ago

April 4, 2023

जावलाखेल शीर्षस्थानमा उक्लियो

235 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार सातदोबाटो युथ क्लबलाई २–१ ले पराजित गर्दै जावलाखेल शीर्ष स्थानमा उक्लन सफल भएकाे हो ।

एन्फा कम्प्लेक्समा जावलाखेलको जितमा फोडे फोफाना र एनकोटो मोसाबीले गोल गरे । सातदोबाटोका दीपक राज सिंह ठकुरीले एक गोल फर्काए ।

खेलको ४३औं मिनेटमा फोफानाले पेनाल्टीमार्फत गोल गर्दै जावलाखेललाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ५०औं मिनेटमा मोसाबीले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पार्यो ।

७५औं मिनेटमा दीपकले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा जावलाखेल विजयी हुँदै शीर्षस्थानमा उक्लन सफल भयो । जारी लिगमा दीपककाे याे पाँचाै‌ गाेल हाे ।

लिगमा चौथो जित निकाल्दै शीर्षस्थानमा उक्लिएको जावलाखेलको ६ खेलबाट १३ अंक पुगेको छ । दोस्रो हार बेहोरेको सातदोबाटोले आफ्नो शीर्षता गुमाएको छ । सातदोबाटो ६ खेलबाट १२ अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।

May 14, 2024

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – जोन डुरानले खेलको अन्त्यतिर २ गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल एस्टन भिल्लासँग ३-३ को बराबरीमा रोकिएको छ। लिगको‌ उपाधि दौडबाट बाहिरी सकेको लिभरपुलले २ पटकको अग्रतालाई जोगाउन सकेन। दोस्रो मिनेटमा डामिना मार्टिनेजले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लियो । १२ औं मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टन भिल्लालाई […]

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

Success

Thank you for your time.