default_image

1 year ago

April 4, 2023

आयोजक गौरीगंगा क्वाटरफाइनलमा

धनगढी (हाम्रो खेलकुद) – कैलालीको गौरीगंगा नगरपालिकामा मंगलबारदेखि जगशक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप सुरु भएको छ । मंगलवार भएको उद्घाटन खेलमा डोटीलाई ३–१ ले पराजित गर्दै आयोजक गौरीगंगा–११ स्पोर्ट्स क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । पुनरागमन जित निकाल्दै आयोजक क्वाटर फाइनलमा पुग्न सफल भएको हो । खेलको ११औं मिनेटमा डोटीका हेरी सिंहले गोल […]

65 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – कैलालीको गौरीगंगा नगरपालिकामा मंगलबारदेखि जगशक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप सुरु भएको छ ।

मंगलवार भएको उद्घाटन खेलमा डोटीलाई ३–१ ले पराजित गर्दै आयोजक गौरीगंगा–११ स्पोर्ट्स क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पुनरागमन जित निकाल्दै आयोजक क्वाटर फाइनलमा पुग्न सफल भएको हो । खेलको ११औं मिनेटमा डोटीका हेरी सिंहले गोल गर्दै अग्रता बनाएका थिए । ४०औं मिनेटमा गणेश लुहारले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

७६औं मिनेटमा दिनेश थापाले पेनाल्टीमा गोल गर्दै गौरी गंगालाई २–१ को अग्रता दिलाए । ८१औं मिनेटमा जनक साउदले गोल गर्दै टिमलाई ३–१ को पूनरागमन जित दिलाए । खेलको प्लेयर अफ दी म्याच पनि उनी नै चुनिए ।

‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’भन्ने नाराका साथगौरीगंगा–११ स्पोर्टस क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले समुद्घाटन गरे ।

प्रदेश प्रमुख जोशीले खेलकुद क्षेत्र व्यावसायिक बन्न नसकेको बताए । उनले भने – ‘खेलकुदप्रति युवाहरूको आकर्षण बढ्दै गएको छ । तर, व्यावसायिकनबन्दा खेलाडीहरूलाई जीविकोपार्जन गर्न समस्याभएको छ ।’

उनले राज्यले नै खेलकुदलाई अतिरिक्त क्रियाकलापका रूपमा लिएको बताए । उनले खेलकुदको विकासका लागि हरेक वर्ष विभिन्न प्रतियोगिता हुन आवश्यक रहेको बताए । चैत ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

आयोजक गौरीगंगा–११ सँगै कैलाली, कञ्चनपुर, डोटी, बाजुरा, बाँके, बर्दिया, नवलपरासी जिल्लाका टिमहरूका साथै नेपाल पुलिस र सशस्त्र प्रहरी बलको टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेतालाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने छ भने प्रतियोगिताको ‘म्यान अफ द म्याच’लाई ट्रफी सहितनगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्न, नगर क्षेत्रमा खेलकुदको चहलपहल बढाउन, व्यावसायिक खेलाडी बनाउन तथा युवालाई खेलकुदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिरहेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए ।

April 27, 2024

बर्नलीसँग म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा डिफेन्समा भएको […]

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

April 27, 2024

सुदूरपश्चिमको जितमा यशोदाको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – यशोदा चिरालको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा शनिबार बागमती प्रदेशलाई एकपक्षीय खेलमा ६–० ले हराएको छ। छनोटमा सुदूरपश्चिमको यो तेस्रो जित हो । बागमतीको भने यो लगातार चौथो हार हो। सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सुदूरपश्चिमले आधा दर्जन गोल गर्ने क्रममा यशोदाले २६ औं मिनेटमा गोलको खाता खोलिन् । २९औं मिनेटमा […]

Success

Thank you for your time.