default_image

1 year ago

April 5, 2023

बार्सिलोना र रियल फेरि भिड्दै

174 views

0 Bookmark

एजेन्सी – बार्सिलोना र रियल म्याड्रिडले फेरि एक पटक एकअर्काको सामना गर्दैछन् । कोपा डेल रे सेमिफाइनलको दोस्रो सेमिफाइनलमा यी दुई टोलीबीच क्याम्प नोउमा प्रतिस्पर्धा हुने छ । खेल नेपाली समय अनुसार बुधबार राती १२ः४५ बजे सुरु हुनेछ ।

पहिलो लेगमा बार्सिलोना १–० ले विजयी भएको थियो । यद्दपी बार्सिलोनाका प्रशिक्षक जाभीले रियलको फाइनल पुग्ने सम्भावना बढी रहेको बताएका छन् । ‘दुई लेगमा रियलविरुद्ध खेल्नु सधै कठिन हुन्छ,’ जाभीले मंगलबार पत्रकार सम्मेलनमा भनेका छन्, ‘मलाई लाग्छ रियल बलियो दाबेदार टोली हुन् । रियल अहिले स्पेन र युरोपियन च्याम्पियन टोली हो ।’

जाभीले आफ्नो टोलीको योजना र रियलका बारेमा आफ्नो धारणा पनि राखेका थिए । ‘हामी खेलमा दबाब सृजनाको प्रयास गर्नेछौं । तर हामीलाई थाहा छ त्यो सहज हुने छैन,’ उनले भने, ‘हामीले धेरै पटक रियलको सामना गरेका छौं र हामीलाई उनीहरुको बारेमा थाहा छ ।’

रियल सधै आश्चार्यमा पार्न सक्ने क्षमता भएको टोलीका रुपमा जाभीले अर्थ लगाए । ‘मलाई लाग्छ हामीले आक्रमक रियलको सामना गर्नुपर्नेछ ,’ उनले भने, ‘स्मरण गरौं पहिलो लेगमा पनि उनीहरु उत्कृष्ट थिए । रियल निकै राम्रो टोली हो । तर, मलाई लाग्छ मेरो टोलीको तयारी पनि राम्रो छ ।’

अर्कोतर्फ रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले एल क्लासिकोका बारेमा भने, ‘उनीहरुलाई गोलको अग्रता छ । तर हामी गोल फर्काउन प्रयास गर्नेछौं । हामी शतप्रतिशत प्रदर्शनको प्रयास गर्नेछौं । गोल मात्र हाम्रो लक्ष्य होइन । शतप्रतिशत प्रदर्शन गर्न सकेको खण्डमा गोल निस्किन्छ ।’

पछिल्ला तीन क्लासिकोमा बार्सिलोनाले जितेको स्मरण गर्दै एन्सेलोटीले भने, ‘यसपटक हाम्रो पालो हो । मलाई अहिले पनि लाग्छ पछिल्लो दुई एल क्लासिकोमा हामीले राम्रो खेल्यौं तर नतिजा निकाल्न सकेनौं ।’

इटालियन प्रशिक्षकले रियलमा धेरै परिवर्तन नहुने संकेत गरेका छन् । ‘सबै प्रणाली परिवर्तन गरेर विपक्षीलाई आश्चार्यमा पार्न सकिएला । तर त्यसमा आफै आश्चार्यमा पर्नुपर्ने अवस्था पनि बन्न सक्छ । त्यो झन् खतरनाक हुनेछ,’ उनले थपे, ‘खेलमा शसक्त हुन जरुरी छ । तर, हामीसँग अनुभवी खेलाडीहरु पनि छन् ।’

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

Success

Thank you for your time.