default_image

1 year ago

April 7, 2023

खुमलटार र जावलाखेलको रोमाञ्चक बराबरी

101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एफसी खुमलटार र जावलाखेल युथ क्लबले रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । खेलमा दुवै टोलीले अग्रता लिएर पनि जोगाउन नसक्दा खेल २–२ गोलको बराबरीमा सकिएको हो ।

एन्फा कम्प्लेक्समा शुक्रबार भएको रोमाञ्चक खेलमा जावालखेका एनकोटो मोसाएवी र फोडे फोफानाले गोल गर्दा खुमलटारका अभिषेक लिम्बु र मेसुके ओलोमोउले गोल गरे ।

खेलको ३३औं मिनेटमा एनकोटोको गोलबाट जावलाखेलले अग्रता लिएको थियो । तर, जावलाखेलको त्यो अग्रता लामो समय टिकेन । ३५औं मिनेटमा अभिषेक लिम्बुले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।

६३औं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई खेलमा २–१ को अग्रता दिलाए । ८५औं मिनेटमा फोडे फोफानाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याउदै जावलाखेललाई हारबाट जोगाए ।

यस बराबरीसँगै शीर्षस्थानमा उक्लने मौका गुमाएको जावलाखेल ७ खेलबाट १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान १४ अंक नै रहेपनि एक खेल कम खेलेको मनाङ– मर्स्याङ्दी गोलअन्तरमा शीर्षस्थानमा छ । खुमलटार ७ खेलबाट ७ अंक जोडेर नवौ स्थानमा छ ।

May 14, 2024

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – जोन डुरानले खेलको अन्त्यतिर २ गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल एस्टन भिल्लासँग ३-३ को बराबरीमा रोकिएको छ। लिगको‌ उपाधि दौडबाट बाहिरी सकेको लिभरपुलले २ पटकको अग्रतालाई जोगाउन सकेन। दोस्रो मिनेटमा डामिना मार्टिनेजले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लियो । १२ औं मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टन भिल्लालाई […]

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

Success

Thank you for your time.