3 years ago
April 9, 2023
एजेन्सी – अर्जेन्टिनी कप्तान तथा फरवार्ड लियोनेल मेस्सीले एक गोलसँगै असिस्ट प्रदान गरेपछि शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सहज जित दर्ता गरेको छ ।

पिएसजीले घरेलु टोली नाइसमाथि २–० को सहज जित हात पारेको हो । एक गाेल डिफेन्डर सर्जियो रामोसकाे नाममा रह्याे ।मेस्सीले पहिलो हाफमा तथा रामोसले दोस्रो हाफमा गोल गर्दै पिएसजीलाई सहज जित दिलाए ।
एलिएन्ज रिभिइरा नाइसमा शनिबार राति भएको खेलको २६औं मिनेटमा मेस्सीको गोलबाट पिएसजीले पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो । मेस्सीले नुनो मेन्डेसको पासमा गोल गर्न सफल भएका थिए ।
त्यसपछि ७६औं मिनेटमा डिफेन्डर रामोसले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । उनले मेस्सीकै पासमा गोल गर्न सफल भएका थिए ।
पिएसजीसँगको हारसँगै नाइसको १५औं खेलमा अपराजित यात्रामा पूर्णविराम लागेको छ । ७ जनवरी २०२३ मा कप डि फ्रान्समा ले पुईसँग १–० ले पराजित भएयता नाइस १४ खेलसम्म अपराजित रहेको थियो । जसमा ८ जित र ६ बराबरीको नतिजा रहेको थियो ।
यस जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता कायम गरेको छ । पिएसजीको ३० खेलबाट ६९ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको लेन्सको ६३ अंक छ । पराजित नाइस ४५ अंक जोडेर आठौं स्थानमा छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]