default_image

1 year ago

April 10, 2023

पुलिसको पहिलो जित, चर्च ब्वाइज-एपीएफ बराबर

काठमाडौं (हाम्रो खेलकुद) – विदेशी खेलाडी अनुबन्ध गरेको पहिलो खेलमै विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७९ मा पहिलो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पुलिसले फ्रेन्ड्सलाई ३-१ ले पराजित गरेको हो । पुलिसको जितमा बुद्ध बल तामाङले २ गोल गर्दा डेब्यु गरिरहेका विदेशी खेलाडी मोजेस टुमले १ […]

64 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विदेशी खेलाडी अनुबन्ध गरेको पहिलो खेलमै विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७९ मा पहिलो जित दर्ता गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पुलिसले फ्रेन्ड्सलाई ३-१ ले पराजित गरेको हो । पुलिसको जितमा बुद्ध बल तामाङले २ गोल गर्दा डेब्यु गरिरहेका विदेशी खेलाडी मोजेस टुमले १ गोल गरे । फ्रेन्ड्सका तोरीच जेब्रिनले एक गोल फर्काएका थिए ।

पहिलो हाफ गोलरहित भएपछि दोस्रो हाफको ५१ औं मिनेटमा मोजेसले पुलिसलाई सुरुवाती अग्रता दिलाए । यसै खेलबाट मिडफिल्डर जो आइडु र मोजेसले पुलिसका लागि लिगमा डेब्यु गरेका थिए । बुद्ध बल तामाङले ५८ औं मिनेटमा पुलिसको अग्रता दोब्बर पारे ।

निर्धारित समयको ३ मिनेट बाँकी रहँदा फ्रेन्ड्सले खेलमा फर्कने संकेत दियो । तोरीचले पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्दै अग्रता २-१ मा झारे । तर इन्ज्युरी समयमा बुद्धले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसको पहिलो जित पक्का गरे ।

यस्तै दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइज र एपिएफले अंक बाँडे । गोलरहित बराबरीमा सकिएको खेलमा चर्च ब्वाइजको तीन प्रहार पोस्टमा लागेको थियो । दोस्रो हाफमा जोस्पे बेम्पाले गोल गरेपनि असिस्टेन्ट रेफ्रीले अफसाइडको विवादास्पद निर्णय दिँदा चर्च ब्वाइज जितबाट बन्चित भएको थियो ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.