default_image

1 year ago

April 12, 2023

महर्जन चर्च ब्वाइजको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)– समकालिनमा सफल प्रशिक्षक बालगोपाल महर्जन ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड क्लबका आबद्ध भएका छन् । महर्जनले बुधबार यो सिजनका लागि टोलीको मुख्य प्रशिक्षकका रुपमा जिम्मेवारी सम्हाल्ने गरि सम्झौता गरेका छन् । महर्जनले प्रशिक्षण दिन लागेको यो तेस्रो ए डिभिजन क्लब हो । यसअघि उनले घरेलु फुटबलका दुई सफल टोली थ्री स्टार […]

300 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– समकालिनमा सफल प्रशिक्षक बालगोपाल महर्जन ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड क्लबका आबद्ध भएका छन् ।

महर्जनले बुधबार यो सिजनका लागि टोलीको मुख्य प्रशिक्षकका रुपमा जिम्मेवारी सम्हाल्ने गरि सम्झौता गरेका छन् । महर्जनले प्रशिक्षण दिन लागेको यो तेस्रो ए डिभिजन क्लब हो । यसअघि उनले घरेलु फुटबलका दुई सफल टोली थ्री स्टार क्लब र मनाङ मस्र्याङ्दी क्लबमा मुख्य प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए । फ्रेन्ड्स क्लबमा भने उनले प्राविधिक टोलीमा रहेर काम गरेका थिए ।

नेपाली यू १९ लाई साफ च्याम्पियन बनाएका महर्जनले राष्ट्रिय फुटबल टोलीलाई बंगबन्धु गोल्ड कप तथा दुई वर्ष अघि स्वदेशमा पहिलो थ्री नेसन्स कप जिताएका थिए । उनले दुई वर्ष अघि भएको नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्सलाई उपाधि दिलाएका थिए ।

केहि समय उनले राष्ट्रिय महिला टोलीलाई पनि प्रशिक्षण दिएका थिए । आफैले एन्फा एकेडेमीमा प्रशिक्षण दिएका अनन्त तामाङ, एरिक विष्ट लगायत क्लब व्यवस्थापनले अनुरोध गरेपनि प्रशिक्षणका लागि तयार भएको महर्जनले बताए । ‘लिगमा अरु क्लबको पनि प्रस्ताव आएको थियो । तर छोटो समय भएकाले गइन्, ‘उनले भने, ‘आफैले हुर्काएका खेलाडी र क्लब व्यवस्थापनले प्रस्ताव गरेपछि ठिकै लाग्यो । फेरि एक पटक घरेलु फुटबलमा फर्कदा खुसी लागेको छ ।’

महर्जनको आगमनपछि क्लब उपाधि दौडमा फर्कनेमा क्लबका अध्यक्ष रुवेन राई आशावादी देखिएका छन् । प्रदीप हुमागाईले पनि राम्रो नतिजा दिलाउनु भएको थियो । अपराजित रह्यौं । वर्क परमिटका कारण उहाँले छाड्ने निर्णय लिनुभयो, राईले भने, उहाँले छाडेपनि खेलाडीहरु केहि निराश थिए । अहिले बालगोपाल महर्जनको आगमनले खेलाडीमा उत्साहित भएका छन् । हाम्रो लक्ष्य च्याम्पियन बन्ने हो । महर्जनको अनुभव र खेलाडीको उच्च प्रदर्शनले त्यो सम्भावना देख्दैछौं ।

७ खेल खेलको चर्च ब्वाइज १३ अंकका साथ ए डिभिजन लिग अंक तालिकाको तेस्रो स्थानमा छ । पहिलो पटक ए डिभिजन लिग खेल्दै गरेको टोलीले उत्कृष्ट सुरुवात गरेको थियो । चर्च ब्वाइजले आठौं चरणमा बिहीबार साँझ दशरथ रंगशालामा फेन्ड्स क्लबको सामना गर्दा महर्जन टच लाइनमा हुनेछन् ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.