2 years ago
April 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।
एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा थ्री स्टारले पुलिसमाथि १–० को झिनो जित निकालेको हो । थ्री स्टारको जितमा दोस्रो हाफमा अजायी मार्टिन्सले गरेको गोल नै निर्णायक बन्यो ।
दुई विदेशी खेलाडी समेटेको पुलिसविरुद्ध मार्टिन्सले ६५औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । दुई विदेशी खेलाडीलाई समेटेको पहिलो खेलमै जित हात पारेको पुलिस दोस्रो खेलमा भने पराजित हुन पुग्यो ।
यस जितसँगै थ्री स्टार उपाधि दौडमै रहँदा पराजित पुलिसलाई रेलिगेसनको दवाव बढेको छ । यस जितसँगै थ्री स्टार ८ खेलबाट ४ जित, समान २ बराबरी र हारका साथ १४ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ ।
चर्च ब्वाइज र जावलाखेल थ्री स्टारभन्दा अघि छ । पराजित पुलिस ८ खेलबाट ४ अंक जोडेर पुछारमा छ ।
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- सिजनको पहिलो नकआउट खेल्ने क्रममा पोखरा आएको थ्री स्टार क्लबले विजयी सुरुवात गरेको थियो। त्यो जितले थ्री स्टार २४ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको थियो। बलियो मानिएको मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टीमा ४-२ ले हराउँदै अघि बढेको थ्री स्टारले त्यो भन्दा बलियो चुनौतीको सामना सम्भवतः आजको खेलमा गर्नुपर्ने हुनसक्छ। जहाँ ५ […]
February 13, 2025
एजेन्सी – बायर्न म्युनिखले च्याम्पियन्सिप लिग प्ले अफको पहिलो लेग जितेको छ। बायर्नले बुधवार स्कटल्याण्डको सेल्टिकलाई २-१ ले हरायो । बायर्नलाई जिताउन माइकल ओलिस र हेरी केनले गोल गरे । सेल्टिकका डेजेन मेडाले गोल फर्काए । बायर्नका ओलिसले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको चौथो मिनेटमा केनले गोल गर्दै बार्यनको […]
February 13, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगकि शीर्ष टोली लिभरपुल बराबरीमा राकिएको छ । लिभरपुललाई बुधवार एभर्टन २-२ को बराबरीमा रोकेको हो । इन्ज्युरी समयको आठौं मिनेटमा बराबरी गोल गर्दैै एभर्टनले १ अंक खोस्यो। घरेलु मैदानमा एभर्टनका लागि जेम्स टार्कोव्स्की र बेटोले गोल गरे । लिभरपुलका लागि एलेक्स म्याक एलिसेल्टर र मोहम्मद सलाहले गोल गरे । खेलमा […]