default_image

1 year ago

April 15, 2023

करीमको दर्शनीय गोलमा मच्छिन्द्रलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर ओमोलोजा नुरेन करीमको दर्शनीय गोलमा मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७९ को खेलमा न्यु रोड टिम (एनआरटी) विरुद्ध अग्रता लिएको छ । पहिलो हाफमा मच्छिन्द्र १-० ले अघि छ । खेलको सुरुवातमा लगातार अवसर सदुपयोग गर्न नसकेको एनआरटीलाई पहिलो हाफको अन्त्यतिर मच्छिन्द्रले गोल गर्दै दबाबमा राख्न सफल […]

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर ओमोलोजा नुरेन करीमको दर्शनीय गोलमा मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७९ को खेलमा न्यु रोड टिम (एनआरटी) विरुद्ध अग्रता लिएको छ । पहिलो हाफमा मच्छिन्द्र १-० ले अघि छ ।

खेलको सुरुवातमा लगातार अवसर सदुपयोग गर्न नसकेको एनआरटीलाई पहिलो हाफको अन्त्यतिर मच्छिन्द्रले गोल गर्दै दबाबमा राख्न सफल भयो । मच्छिन्द्रको डिफेन्स लाइनलाई लगातार तोडेपनि गोलरक्षक विशाल श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दा मच्छिन्द्र खेल गोलरहित राख्न सफल भएको थियो ।

सातौं मिनेटमा मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले लगातार दुई बचाउ गर्दा एनआरटी अग्रता लिनबाट बन्चित भयो । जन्मेजय धामीको क्रसमा सुशन श्रेष्ठको ६ यार्ड बक्स भित्रको हेडर गोलरक्षक विशालले फर्काए । लगत्तै उक्त रिबाउन्डमा रोहन खड्गीले ६ यार्ड बक्स भित्रबाट नै प्रहार गरेको रिबाउन्डमा विशाल बाधक बने ।

आठौं मिनेटमा एनआरटीका लाल्नुन्जामाले अग्रता दिलाउने सुवर्ण अवसर खेर फाले । रोहनले मिडफिल्डबाट द्रुत पास खेल्दै अफसाइड ट्रयाप बिट गरेपनि भारतीय फरवार्डले गोलरक्षक विशालविरुद्ध वन भर्सेस वनको स्थितिमा बललाई पोस्टको दिशा दिन सकेनन् ।

१६ औं मिनेटमा मच्छिन्द्रका पुजन उपरकोटीको फ्रिकिकमा एनआरटीका कप्तान विक्रम धिमालको फ्लिक गोलरक्षक पुजन होनाले मुस्किलले विफल पारे । २० औं मिनेटमा विमल घर्ती मगरको फ्रिकिक पोस्टभन्दा थोरै परबाट बाहिरियो ।

२८ औं मिनेटमा ओलावाले आफिजको प्रहार बाहिरिंदा मछिन्द्र अघि बढ्न सकेन । ३८ औं मिनेटमा विमल घर्ती मगरले पेनाल्टी क्षेत्रभित्र गोलरक्षकलाई बिट गरेपछि अन्तिम प्रहार गर्न खोज्दा गौरव श्रेष्ठले उत्कृष्ट ट्याकल गरे । उक्त ट्याकलले निम्त्याएको कर्नरमा भने मच्छिन्द्रले अग्रता लियो ।

३९ औं मिनेटमा करीमले दर्शनीय गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । प्रशान्त अवस्थीको कर्नरमा देवन्द्र तामाङको हेडर एनआरटीका जन्मेजयले क्लियर गरे । पेनाल्टी क्षेत्र बाहिर रहेका करीमले उक्त रिबाउन्डलाई पहिलो टचमै शक्तिशाली भलीमार्फत गोल गरे ।

यस्तै च्यासल मैदानमा जावलाखेल युथ क्लबले मनाङ मर्स्याङ्दी क्लबविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ । एनकोटो मासोबीले सुनिल खड्काको क्रसमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाए ।

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

April 29, 2024

मानेभन्ज्याङ आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडधरान एफसीमाथि सहज जित निकाल्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि सोमबार ५–१ गोलको नतिजामा जित हात पारेको हो । खेल सुरु भएको ५ मिनेटमै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८ यार्डको दूरीबाट प्रहार […]

April 29, 2024

मध्यपुर थिमि गोदावरी मेयर कपको क्वाटरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद )- मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्बार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशाला सोमबार भएको एक मात्र खेलमा टोखा नगरपालिकालाई ४–० ले हराउँदै मध्यपुर थिमिले अन्तिम आठमा पुगेको हो । मध्यपुरको जितमा रोहन खड्गीले ह्याट्रिक पूरा गरे भने […]

Success

Thank you for your time.