default_image

1 year ago

April 17, 2023

युभेन्ट्सको हार, रोमा विजयी

73 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्स पराजित भएको छ । युभेन्ट्स घरेलु टोल सस्सुलोसँग १–० ले पराजित भएको हो ।

सस्सुलोको जितमा दोस्रो हाफमा ग्रेगोइरे डेफ्रेलले गरेको गोल नै निर्णायक बन्यो । दोस्रो हाफमा एन्ड्रिया पिनामोन्टीको स्थानमा मैदान छिरेका उनले ६४औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

मापेई स्टेडियमा आइतबार राति भएको खेलमा युभेन्ट्सले घरेलु टोलीमाथि दवाव कायम राखेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो । यस हारसँगै युभेन्ट्सलाई अर्काे सिजनको लागि युरोपेली क्लब फुटबलमा स्थान बनाउन थप मिहेनत गर्नुपर्ने देखिएको छ ।

जनवरीमा अवैध स्थानान्तरण गतिविधि गरेको आरोपका १५ अंक घटाइएपछि युभेन्ट्स सिरी ‘ए’ मा शीर्ष ६ भन्दा बाहिर छ ।
युभेन्ट्स ३० खेलबाट ४४ अंक जोडेर सातौं स्थानमा छ । युभेन्ट्स शीर्ष ६ को एटलान्टाभन्दा ४ अंकले पछि छ । सस्सुलो ४० अंक जोडेर १०औं स्थानमा छ ।

सिरी ‘ए’ कै अर्काे खेलमा रोमाले उडिनेसलाई ३–० ले पराजित गरेको छ । रोमाको जितमा इडोआर्डो बोभ, लोरेन्जो पेलेग्रिनी र ट्याम्मी अब्राहमले गोल गरे । रोमाका ब्रायन त्रिस्टान्टे र उडिनेसका रोबर्टाे पेरेराले पेनाल्टी चुकाएका थिए ।

यस जितसँगै रोमा ३० खेलबाट ५६ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित उडिनेस ३९ अंक जोडेर १२औं स्थानमा छ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.