default_image

1 year ago

April 19, 2023

मिलान १६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – इटालियन सिरी ‘ए’ प्रतिद्धन्द्धी नेपोलीलाई पन्छाउँदै एसी मिलान १६ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा १–१ गोलको बराबरी खेलेपनि समग्रमा २–१ को जित निकाल्दै मिलान १६ वर्षपछि अन्तिम चारमा पुग्न सफल भएको हो । सन् २००६–०७ को सिजनमा च्याम्पियन बनेयता मिलानले सात सिजन च्याम्पियन्स लिग खेलेपनि क्वाटरफाइनलभन्दा […]

133 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ प्रतिद्धन्द्धी नेपोलीलाई पन्छाउँदै एसी मिलान १६ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनलको दोस्रो लेगमा १–१ गोलको बराबरी खेलेपनि समग्रमा २–१ को जित निकाल्दै मिलान १६ वर्षपछि अन्तिम चारमा पुग्न सफल भएको हो ।

सन् २००६–०७ को सिजनमा च्याम्पियन बनेयता मिलानले सात सिजन च्याम्पियन्स लिग खेलेपनि क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन । मिलान पछिल्लोपटक २०११–१२ मा क्वाटरफाइनलमा पुगेको थियो ।

डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा मंगलबार राति भएको खेलमा मिलानका ओलिभर जिरुडले गोल गर्दा घरेलु टोली नेपोलीका भिक्टर ओसिमहेनले बराबरी गोल फर्काएपनि अघिल्लो चरण पुग्न पर्याप्त भएन । नेपोली पहिलो लेगमा १–० ले पराजित भएको थियो ।

खेलको २२औं मिनेटमा ओलिभर जिरुडले पेनाल्टी चुकाउँदा मिलान अग्रता लिनबाट चुक्यो । पेनाल्टी चुकाएपनि जिरुडले ४३औं मिनेटमा राफयल लियोको पासमा गोल गर्दै मिलानलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

८२औं मिनेटमा केभिचा कभरात्केलियाले पेनाल्टी चुकाउँदा नेपोली बराबरीबाट चुक्यो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा भिक्टर ओसिमहेनले जियाकोमो रास्पाडोरीको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएपनि पहिलो लेगमा पराजित भएका कारण क्वाटरफाइनलबाटै बाहिरिन पुग्यो ।

मिलानले अब सेमिफाइनलमा इन्टर मिलान वा बेन्फिकाबीचको विजेतासँग खेल्नेछ । पहिलो लेगमा इन्टर अघि छ ।क्वाटरफाइनलबाट बाहिरिएको नेपोली सिरी ‘ए’ को उपाधिनजिक छ । नेपोली शीर्षस्थानमा १४ अंकले अघि छ । मिलान चौथो स्थानमा छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.