default_image

1 year ago

April 21, 2023

लिगमा आर्मी र पुलिसले अंक बाँडे

150 views

0 Bookmark

काठमाडौं ( हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले अंक बाँडेका छन्।

सातदाेबाटाेस्थित एन्फा कम्प्लेक्सको‌ मैदानमा भएको विभागीय डर्बी गोलरहित बराबरीमा सकिएको थियो
। दुबै टोलीले गोलका केहि अवसर सृजना गरेपनि गोलको खाता खोल्न सकेन ।

बराबरीपछि पाँचौं स्थानको आर्मीको १६ अंक पुगेको छ। टोलीले ११ खेलमा ४ जित ४ बराबरी र ३ हार बेहोरेको छ। ११ खेलमा १ मात्र जित निकालेको पुलिस ३ बराबरी र ७ हारसहित ६ अंकका साथ तालिकाको पुछारमा छ।

एनआरटीको‌ जित
न्यूरोड टिम एनआरटीले शुक्रबार सहिद स्मारक ए डिभिजन लिगमा विजय प्राप्त गरेको छ ।

च्यासल फुटबल मैदानमा भएको खेलमा एनआरटीले एपिएफ फुटबल क्लबलाई १-० ले हराएको हो ।
सन्जिव विष्टको गोल खेलमा निर्णायक बनेको‌ थियो । खेलको ७९ औं मिनेटमा सन्जिवले गोल गरेका थिए

जारी लिगमा एनआरटीको यो तेस्रो जित हो । ११ खेलमा १३ अंक जोडेको एनआरटी १० औं स्थानमा छ । विभागिय टोली एपिएफको यो लिगमा पाँचौं हार हो । आठौं स्थानमा रहेको एपिएफको १४ अंक छ ।

दुबै मैदानमा दोस्रो हाफको खेल चलिरहँदा हुरीबतास आएपछि झन्डै ४५ मिनेट खेल रोकिएको थियो।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.