default_image

1 year ago

April 22, 2023

जोटा र सलाहको गोलमा लिभरपुलको रोमाञ्चक जित

204 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज विंगर फरवार्ड डिएगो जोटा र मोहम्मद सलाहको गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक जित निकालेको छ ।

लिभरपुलले घरेलु मैदानमा नटिङहम फरेस्टमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । लिभरपुलको जितमा जोटाले दुई तथा मोहम्मद सलाहले एक गोल गरे ।

नटिङहमका निको विलियम्स र मोर्गान गिब्स ह्वाइटले गोल गरे । एनफिल्डमा शनिबार राति भएको खेलमा सबै पाँच गोल दोस्रो हाफमा भएको थियो ।

४७औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । उनले फाविन्होको पासमा हेडरमार्फत गोल गर्न सफल भए । ५१औं मिनेटमा निको विलियम्सले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५५औं मिनेटमा जोटाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै लिभरपुललाई पुनः खेलमा २–१ को अग्रता दिलाए । जोटाले यसपटक एन्ड्रिउ रोबर्टसनको पासमा गोल गर्न सफल भएका थिए ।

६७औं मिनेटमा मोर्गान गिब्सले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ७०औं मिनेटमा सलाहले ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डको पासमा गोल गर्दै लिभरपुललाई रोमाञ्चक जित दिलाए ।

यस जितसँगै लिभरपुल ३१ खेलबाट ५० अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । पराजित नटिङहम ३२ खेलबाट २७ अंक जोडेर १९औं स्थानमा छ ।

अन्य नतिजा
फुलहमविरुद्ध लिड्स (–१)
ब्रेन्टफर्डविरुद्ध एस्टन भिल्ला (१–१)
क्रिस्टल प्यालेसविरुद्ध एभर्टन (०–०)
लेस्टरविरुद्ध वल्भ्स (–१)

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.