default_image

1 year ago

April 23, 2023

रियल म्याड्रिडले सेल्टालाई हरायो

144 views

0 Bookmark

एजेन्सी – सेल्टा डि भिगोमाथि सहज जित हात पार्दै रियल म्याड्रिडले स्पेनिल ला लिगाको उपाधि जित्ने सम्भावनालाई जीवितै राखेको छ ।

रियलल घरेलु मैदानमा सेल्टालाई २–० ले पराजित गर्दै शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी छोट्याएको हो । सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा रियलको सहज जितमा मार्काे एसेन्सियो र एडर मिलिसाओले गोल गरे ।

पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो । खेलको सुरुवातदेखि नै दवावब बढाएको रियलले ४२औं मिनेटमा मार्काे एसेन्सियोको गोलबाट पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो । उनले भिनिसिस जुनियरको पासमा गोल गर्न सफल भए ।

४८औं मिनेटमा एडर मिलिसाओले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । सुरुवाती गोल गरेका एसेन्सियोको पासमा मिलिसाओले हेडरमार्फत गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा रियलले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

यस जितसँगै दोस्रो स्थानमा रहेको रियलले बार्सिलोनासँगको अंक दुरी ८ मा छोट्याएको छ । रियलको ३० खेलबाट ६५ अंक पुगेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ७३ अंक छ । पराजित सेल्टा ३६ अंक जोडेर १२औं स्थानमा छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.