default_image

2 years ago

April 24, 2023

म्यानचेस्टर एफए कपको फाइनलमा

184 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी ब्राइटन होव अल्वियोनलाई सडनडेथमा पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति भएको खेलमा युनाइटेडले ब्राइटनलाई सडनडेथमा ७–६ ले पराजित गर्दै फाइनलमा म्यानचेस्टर सिटीसँगको भेट पक्का गरेको हो ।

वेम्वली स्टेडियम लन्डनमा निर्धारित र थप गरिएको समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । टाइब्रेकरमा बराबरीबाट अघि बढ्दा ब्राइटनका सोली मार्चको प्रहार बाहिरिएपछि युनाइटेडले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

टाइब्रेकरमा युनाइटेडका सबै क्यासमिरो, डिएगो डालोट, जेडान सान्चो, मार्कस रासफर्ड, मार्सेल सवित्जर, वोउट वेगह्रस्ट र भिक्टर नेल्सन लिन्डेलफले गोल गरे । ब्राइटनका एलेक्सिस म्याक एलिस्टर, पास्कल ग्रस, डेनिज अन्डभ, पेर्भिस इस्टुपिनान, लेविस डन्क र एडम वेवस्टेरले गोल गर्न सफल भए ।

त्यसअघि ब्राइटनले युनाइटेडलाई दवावमा राखेपनि गोल गर्न नसक्दा खेल टाइब्रेकरमा भने युनाइटेडलाई नतिजा सुम्पन पुग्यो ।अब युनाइटेडले फाइनलमा म्यानचेस्टर डर्वीमा ३ जुनमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ । सिटीले शनिबार राति च्याम्पियनसिप टोली सेफिल्ड युनाइटेडलाई ३–० ले पराजित गरी फाइनलमा पुगिसकेको छ ।

February 8, 2025

अन्तरपालिका महिला फुटबल – बिर्तामोडको सानदार सुरुवात

हिमाल खरेल,बिर्तामोड सुनकला राईको ४ गोल मद्दतमा आयोजक बिर्तामोड नगरपालिकाले प्रथम झापा अन्तरपालिका महिला फुटबल प्रतियोगितामा सानदार सुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शनिवार उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति गाउँपालिकालाई ५-० गोल हरायो । एकोहोरो दबाब सिर्जना गरेको खेलमा बिर्तामोडका लागि सुनकलाले १० औं, १७ औं, १९ औंमा गोल गर्दैै ह्याट्रिक पूरा […]

February 8, 2025

एपिएफ ‘बी’ र ग्रिन भिलेजको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा शनिवार आयोजक ‘बी’ टोली र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनबिचको खेल २-२ बराबरीमा टुंगिएको छ। खेलमा ग्रिन भिलेजका स्वप्निल निल बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलएका थिए । सो पछि ग्रिन भिलेजबाट आत्मघाती गोल उपहार दिएपछि खेल […]

February 8, 2025

प्लानिङ ब्वाइज फाइनलमा

हिमाल खरेल, बिर्तामो सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १–० ले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औँ मिनेटमा गरेको […]

Success

Thank you for your time.