3 years ago
April 24, 2023
एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलान र इन्टर मिलानले सफलता हात पारेका छन् । एसी मिलानले घरेलु मैदानमा लिसलाई २–० ले पराजित गरेको हो ।

मिलानको जितमा दुवै गोल राफयल लियोले गरे । मिलानोमा आइतबार राति भएको खेलको १४औं मिनेटमा मिलानले पेनाल्टीको अपिल गरेपनि भिएआरले मान्यता दिएन ।
४०औं मिनेटमा राफयल लियोले सान्द्रो टोनालीको पासमा गोल गर्दै मिलानलाई १–० को अग्रता दिलाए । त्यसपछि ७५औं मिनेटमा ब्राहिम डियाजको पासमा लियाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै मिलानको जित पक्का गरे ।
यस जितसँगै मिलान ३१ खेलबाट ५६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । पराजित लिस २८ अंक जोडेर १६औं स्थानमा छ ।

अर्काे खेलमा इन्टर मिलानले इम्पोलीलाई ३–० ले पराजित गरेको छ । इन्टरको जितमा रोमेलु लुकाकुले दुई तथा लोउटारो मार्टिनेजले एक गोल गरे ।
यस जितसँगै इन्टर ३१ खेलबाट ५४ अंक जोडेर छैटौं स्थानमा यथावत छ । पराजित इम्पोली ३२ अंक जोडेर १५औं स्थानमा छ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]