2 years ago
April 25, 2023
एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्परले आफ्नो अन्तरिम प्रशिक्षक क्रिस्टियन स्टेलिनीलाई बर्खास्त गरेको छ । प्रिमियर लिग अन्तरगत न्यूक्यासल युनाइटेडसँग ६–१ लज्जास्पद हार भोगेको एक दिनपछि टोटेनहमले अन्तरिम प्रशिक्षक स्टेलिनीलाई बर्खास्त गरेको हो ।
प्रशिक्षक स्टेलिनी टोटेनहमको चार खेलपछि नै बर्खास्तीमा परेका हुन् । एन्टेनियो कोन्टेले १६ महिनापछि टोटेनहम छाडेपछि क्लबले ४८ वर्षीय स्टेलिनीलाई २६ मार्चमा अन्तरिम मुख्य प्रशिक्षक बनाएको थियो । अब स्टेलिनीको स्थान उनीसँगै र सन् २०२१ मा जोसे मौरिन्होसँग काम गरेका रायन मेसनले टोटेनहमको प्रशिक्षण सम्हाल्ने क्लबले जनाएको छ ।
इंग्ल्यान्ड र स्पर्सका ३१ वर्षीय पूर्व मिडफिल्डर मेसन सिजनको अन्तिम ६ खेलका लागि नेतृत्वमा फर्किएका छन् । ‘रायनले क्लब र खेलाडीहरूलाई राम्ररी चिन्छ ।’ लेवी थपे ।
आइतबारको न्यूक्यासलमा भएको हार, जहाँ टोटेनहम २१ मिनेटमा नै ५–० ले पछि परेका थिए, टोटनहमको च्याम्पियन्स लिग छनोटको आशामा ठूलो धक्का थियो । ‘यो विनाशकारी थियो ।’ लेवीले भने, ‘यो किन भयो हामी धेरै कारणहरू हेर्न सक्छौं । बोर्ड, प्रशिक्षक र खेलाडीहरू सबैले सामूहिक जिम्मेवारी लिनुपर्छ, अन्ततः जिम्मेवारी मेरो हो ।’
टोटेनहम प्रिमियर लिग तालिकाको पाँचौं स्थानमा छ, तेस्रोमा न्युक्यासल र चौथोमा रहेको म्यानचेस्टर युनाइटेड दुवैभन्दा ६ अंकले पछि छ ।
स्टेलिनीको प्रशिक्षणमा टोटेनहमले समान एक जित र बराबरी तथा दुई हारको नतिजा निकालेको थियो । फेब्रुअरीमा पित्तथैलीको शल्यक्रियापछि कोन्टे टचलाइनबाट नरहँदा स्टेलिनीले पनि टोलीको नेतृत्व गरेका थिए ।
स्पर्सले कोन्टेको अनुपस्थितिमा उनीहरूको चार प्रिमियर लिग खेलहरूमध्ये तीन जित्यो, तर एफए कपमा च्याम्पियनसिप टोली शेफिल्ड युनाइटेडसँग पनि हार्न पुगेको थियो ।
‘क्रिष्टियनले हाम्रो सिजनको कठिन बिन्दुमा पाइला टेकेका थिए र म उहाँ र उहाँका कोचिङ स्टाफले यस्तो चुनौतीपूर्ण समयमा आफूलाई सञ्चालन गरेको व्यावसायिक तरिकाको लागि धन्यवाद दिन चाहन्छु ।’ लेवीले भने ।
February 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । सोमवार भएको प्रि क्वाटरफाइनलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशनले कीर्तिपुरकै ग्रिन भिलेज सेकेण्डरी स्कुललाई २-० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । विजयी टोलीका लागि दुवै गोल सोप्निल बस्नेतले गरे । सोप्निल […]
February 10, 2025
हिमाल खरेल, बिर्तामोड सहिद स्मारक ‘बी’ डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौंले आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनलमा सुनसरीको न्यु स्टार एफसीमाथि एकोहोरो दबाब सिर्जना गर्दै प्लानिङ ब्वाइज च्याम्पियन भएको हो । प्लानिङ ब्वाइजले न्यु स्टारलाई ३-० ले हरायो । प्लानिङ ब्वाइजका लागि झापाली डिफेन्डर […]
February 10, 2025
हिमाल खरेल ,बिर्तामोड उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० ले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा कनकाई नगरपालिकाकी स्वस्तिका विकले खेलको पाँचौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएकी थिइन् […]