default_image

2 years ago

April 27, 2023

लिभरपुलको पूनरागमन जित, चेल्सीको अर्काे हार

383 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिभरपुलले पूनरागमन जित निकाल्दा चेल्सीको अर्काे हार बेहोरेको छ । लिभरपुलले घरेलु टोली वेस्ट ह्याम युनाइटेडमाथि २–१ को पूनरागमन जित निकालेको हो ।

लिभरपुलको पूनरागमन जितमा कोडी गाक्पो र जोइल मटिपले गोल गरे । वेस्ट ह्यामका लुकास पाक्वेटाको गोल सान्त्वना बन्यो ।लन्डन स्टेडियम लन्डनमा बुधबार राति भएको खेलको १२औं मिनेटमा लुकास पाक्वेटाको गोलबाट वेस्ट ह्यामले १–० को अग्रता लिन सफल भएको थियो ।

उनले माइकल एन्टेनियोको पासमा गोल गर्न सफल भएका थिए । तर, वेस्ट ह्यामको त्यो अग्रता लामो समय टिकेन । १८औं मिनेटमा कोडी गाक्पोले ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५५औं मिनेटमा जारोड वोवेनले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा वेस्ट ह्याम अग्रता लिनबाट चुक्यो । त्यसपछि ६७औं मिनेटमा जोइल मटिपले गोल गर्दै लिभरपुललाई जित दिलाए ।

यस जितसँगै लिभरपुल ३२ खेलबाट ५३ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित वेस्ट ह्याम ३४ अंक जोडेर १४औं स्थानमा छ ।

प्रिमियर लिगकै अर्काे खेलमा चेल्सी घरेलु मैदानमा ब्रेन्टफर्डसँग २–० ले पराजित भएको छ । ब्रेन्टफर्डको जितमा ब्रायन एम्वेउमोले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

स्टामफोर्ड ब्रिजमा भएको खेलको ३७औं मिनेटमा कप्तान सिजर एज्पिलिक्वेटाको आत्मघाती गोलबाट चेल्सी खेलमा पछि परेको थियो । त्यसपछि ७८औं मिनेटमा ब्रायनले गोल गर्दै चेल्सीलाई २–० को हार चखायो ।

अन्तरिम प्रशिक्षक फ्रान्क लाम्पार्डको प्रशिक्षणमा चेल्सीको यो लगातार पाँचौं हार हो । चेल्सीले ११ मार्चमा लेस्टर सिटीलाई २–१ ले पराजित गरेयता जित निकाल्न सकेको छैन । जसमा २ बराबरी र ६ हारको नतिजा छ ।

यस हारसँगै चेल्सी ३२ खेलबाट ३९ अंक जोडेर ११औं स्थानमा यथावत छ । चेल्सीलाई हराएको ब्रेन्टफर्ड ३३ खेलबाट ४७ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।

May 21, 2025

म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको छनोटको सम्भावनालाई थप मजबुत बनाएको छ। सिटीले इंग्लिस प्रिमियर लिगमा मंगलवार एएफसी बर्नमाउथलाई ३-१ ले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ। बर्नमाउथको युरोपेली फुटबल खेल्ने आशा समाप्त भएको छ । घरेलु मैदानमा १४ औं‌ मिनेटमा ओमार मार्मुशको शानदार गोलले पेप ग्वार्डिओलाको टोलीलाई प्रारम्भिक अग्रता दिलायो। क्लबका लागि अन्तिम घरेलु […]

May 20, 2025

श्री भगवती ‘ए‌ डिभिजनमा बढुवा

काठमाडौं (हाम्रो खेलकुद)- श्री भगवती क्लब ए डिभिजनमा बढुवा भएको छ। सहिद स्मारक बी डिभिजन लिगमा आज ब्वाइज युनियन क्लबलाई २-१ गोल अन्तरले हरायो। यो जितमा श्री भगवती एक खेल अगाडि जारी बी डिभिजनमा दोस्रो हुँदै शीर्ष डिभिजनमा उक्लिएको हो। यसअघि प्लानिङ ब्वाइज च्याम्पियन बनेर ए‌ डिभिजनमा उक्लिसकेको छ। एन्फा कम्प्लेक्समा आज ब्वाइज युनियन र […]

May 20, 2025

आरसिटी रलिगेसनबाट जोगियो, टुसाल सी डिभिजनमा घटुवा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेडसँग १-१ गोलको बराबरी खेल्दै रानी पोखरी कर्नर टिम (आरसिटी) रेलिगेसनबाट जोगिएको छ । आरसिटी बी डिभिजनमा यथावत रहँदा टुसाल युथ क्लब सी डिभिजनमा घटुवा भएको छ । एन्फा कम्प्लेक्समा आज आरसिटीलाई रेलिगेसनबाट जोगिन एक अंक नै पर्याप्त थियो । जहाँ खेलको पहिलो हाफ गोल […]

Success

Thank you for your time.