default_image

2 years ago

April 28, 2023

एनआरटीले थ्री स्टारलाई हरायो

372 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत न्यु रोड टिम (एनआरटी) ले थ्री स्टार क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एनआरटीले १-० को जित दर्ता गर्दै रेलिगेसन क्षेत्रबाट ३ अंकको दुरी कायम गर्यो । पहिलो हाफमा थ्री स्टारका सन्तोष साहुखलले पेनाल्टी चुकाउँदा संजिव विष्टले गोल गर्दै एनआरटीलाई अघि बढाएका थिए । सोहि गोल खेलमा निर्णायक सावित भयो ।

यस नतिजासँगै एनआरटी अंक तालिकाको आठौं स्थानमा उक्लिएको छ । एनआरटीको १३ खेलमा ४ जित, ४ बराबरी र ५ हारसँगै १६ अंक रहेको छ । यता थ्री स्टारले शीर्षस्थानमा उक्लने अवसर गुमायो । दोस्रो स्थानमा रहेको पाटने टोली २२ अंकका साथ जावलाखेलभन्दा १ अंकले पछि छ ।

खेलको ३३ अ‍ौं मिनेटमा थ्री स्टारले पेनाल्टीको अवसर पायो । पिटर सेगुनले मिडफिल्डबाट आफैं बढाएको बललाई पेनाल्टी क्षेत्र भित्र लग्दा गौरव श्रेष्ठले फल गरेपछि रेफ्री विश्वास कार्कीले पेनाल्टी दिए । सन्तोष साहुखलले गोलरक्षक सन्तोष महतलाई गलत दिशामा पठाएपनि उनको प्रहार पोस्टभन्दा बाहिर गयो ।

अर्कोतर्फ ३७ अ‍ौं मिनेटमा एनआरटीले अग्रता लियो । छोटो फ्रिकिकपछि सरोज तामाङको शक्तिशाली प्रहारलाई गोलरक्षक मोहमद ताहाले विफल पारे । तर उक्त बचाउबाट आएको रिबाउन्डलाई संजिव विष्टले गोलमा परिणत गरे ।

६७ अ‍ौं मिनेटमा थ्री स्टार बराबरी गर्नबाट बञ्चित भयो । सन्तोष साहुखलको फ्रिकिकमा गोलरक्षक सन्तोष महतले उत्कृष्ट बचाउ गरेपछि उक्त रिबाउन्डलाई दिपेश गुरुङले पोस्टको दिशा दिन सकेनन् ।

इन्ज्युरी समयमा थ्री स्टारको बराबरी गोलसामु गोलरक्षक सन्तोष पुन: बाधक बने । उनले पेनाल्टी क्षेत्र बाहिर सन्नी व्यन्जनकारसँग ५०/५० ट्याकलमा बल जिते । त्यसपछि लगातार क्रसमा सन्तोष बिट भएपनि पिटर सेगुन र सन्नीले खाली पोस्टमा गोल गर्न सकेनन् ।

लिगको अंक तालिका, खेल तालिका, पुरानो नतिजा, सर्वाधिक गोलकर्ता, सर्वाधिक असिस्ट, क्लिन सिट लगायत सम्पूर्ण जानकारीका लागि यहाँ थिच्नुहोस ।

January 13, 2025

नव जन जागृतीको सर्वसम्मत नयाँ नेतृत्व चयन

सुनिल गाउँले, बारा जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृती युवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सिमरा रंगशालामा निर्माण भइरहेको एकेडेमी भवनको सभाहलमा सोमवार भएको अधिवेशनले रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । यसअघि पनि लामा नै अध्यक्ष थिए। कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय […]

January 13, 2025

आर्मीले बागमतीलाई फेरि हरायो

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ३-० ले हराएको छ। आर्मीको जितमा सपना लामा, पुनम जर्घा मगर र चन्द्रा भण्डारीले गोल गरे। विमला चौधरीले दुई असिस्ट गरिन् । एन्फा कम्प्लेक्समा भएको खेलको सुरुवातमा नै आर्मीले अग्रता बनायो। छैटौं मिनेटमा विमलाको सटिक क्रसमा सपनाको क्लोज […]

January 13, 2025

नेपालले किर्गिजस्तानसँग खेल्दै फोर नेसन्सको सुरुवात गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला फुटबल टोलीले किर्गिजस्तानसँग खेल्दै फागुनमा आयोजना हुने फोर नेसन्स कपको सुरुवात गर्ने भएको छ। दशरथ रंगशालामा फागुन ५ देखि १४ गते सम्म आयोजना हुने फोर नेसन्सको पहिलो दिनको पहिलो खेल म्यानमार र लेबननबिच हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार जारी गरेको खेल तालिका अनुसार फागुन ८ गते लेबननको […]

Success

Thank you for your time.