default_image

1 year ago

April 29, 2023

मोड्रिच दुई साता मैदान बाहिर

136 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका महत्वपूर्ण भेट्रान मिडफिल्डर लुका मोड्रिच दुई साता मैदान बाहिर रहने भएको छ ।

स्पेनिस ला लिगा अन्तरगत जिरोनासँग ४–२ ले पराजित भएको खेलमा मोड्रिचले बायाँ तिघ्रामा चोट बोक्न पुगेका थिए । सोही चोटका कारण मोड्रिच कम्तीमा दुई साता मैदान बाहिर रहने भएको हो । मोड्रिचको चोटसँगै रियललाई ठुलो धक्का लागेको छ ।

चोटसँगै ३७ वर्षीय मोड्रिचले कम्तीमा पनि चार खेल गुमाउने छ । यसमा उनले कोपा डेल रेको फाइनल र युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेग गुमाउने सम्भावना बढेको छ ।

कोपा डेल रेको फाइनलमा रियलले ६ मेमा ओसासुना र ९ मेमा च्याम्पियन्स लिगको सेमिफाइनलमा घरेलु मैदानमा इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग खेल्दैछ ।

लुका मोड्रिच कार्लो एन्सेलोटीका लागि महत्वपूर्ण खेलाडी हुन्, जो महत्वपूर्ण खेलमा रियलको पहिलो रोजाईका खेलाडी हुन् । तर, उसले इतिहाद स्टेडियममा सिटीविरुद्धको खेलमा फर्कने आशा गरेको छ ।

‘उनी जिरोनाविरुद्धको खेलमा चोटग्रस्त भएका थिए र उनी प्रशिक्षण बाहिर छन् । ऊ अझै आफ्नो प्रगतिको लागि पर्खिरहेको छ र हामीलाई थाहा छैन कि ऊ कप खेलको लागि फिट हुनेछ कि छैन । हामी दुखित छौं र आशा छ कि ऊ छिट्टै निको हुनेछ । हामी महत्वपूर्ण खेलहरूको लागि उसलाई लिन सक्छौं ।’ इटालियन प्रशिक्षकले अल्मेरिया विरुद्ध लिग खेल अघि पत्रकार सम्मेलनमा भने ।

कार्लो एन्सेलोटीको रियलले आज शनिबार सान्टियागो बर्नाबेउमा अल्मेरियाविरुद्ध खेल्दैछ । लुका मोड्रिच लगातार दोस्रो दिन रियलको प्रशिक्षणमा सामेल भएनन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.