default_image

3 years ago

April 29, 2023

एन्फा र एसएएफएफबीच सम्झौता

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल विकास र फुटबलका अन्य गतिविधिमा सहकार्य गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र साउदी अरेबियाब फुटबल महासंघ (एसएएफएफ) बीच सम्झौता भएको एन्फाले जनाएको छ ।

साउदी अरेबिया भ्रमणमा रहेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ र एसएएफएफका अध्यक्ष यासिर अल मिसेहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता एक वर्षका लागि रहेको एन्फाले जनाएको छ ।

दुई देशबीचको फुटबलका माध्यमबाट पारस्परिक हित, विकास, प्रबद्र्धनमा सहकार्यका लागि सम्झौता गरिएको उल्लेख गरिएको छ । दुई देशका महिला र पुरुषका राष्ट्रिय टोलीबीच मैत्रीपूर्ण खेल हुने, युवा विकास र युवा विकास कार्यक्रममा एक्सचेन्ज कार्यक्रम हुने बताइएको छ ।

त्यस्तै प्रशिक्षक प्रशिक्षण कार्यक्रमलागयत अन्य पक्षमा पनि सहकार्य गरिने सम्झौतामा उल्लेख छ । यारिस फिफा काउन्सिका सदस्य तथा एसियाली फुटबल महासंघ (एएफसी) को एएफसी विकास समितिका अध्यक्ष हुन् भने नेम्बाङ सोही समितिका उपाध्यक्ष हुन् ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.