3 years ago
April 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा गोकुलम करेला एफसीको दोस्रो खेलमा पनि चम्केकी छिन् । सावित्राले ४ गोल गरेको खेलमा गोकुलमले शनिबार भारतीय महिला लिग (आइडब्लुएल) मा स्पोर्टस उडिसालाई ८–१ ले हराएको छ ।

यसअघि बुधबार भएको खेलमा सावित्राले एक्लैले ५ गोल गरेको खेलमा गोकुलमले इस्ट बंगाललाई ८–२ ले हराएको थियो । त्यो २२ मिनेट भित्रै ह्याट्रिक गरेकी सावित्राले दोस्रो खेलमा दोस्रो हाफमा ह्याट्रिक पूरा गरेकी थिइन् । जारी लिगमा सावित्राको गोल संख्या ९ पुगिसकेको छ ।
शनिबार सावित्राले सातौं मिनेटमा पहिलो गोल गरेकी थिइन् । उडिसाकी सुमित्राले १२ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याएकी थिइन् । उडिसाबाट नेपाली राष्ट्रिय टोलीकी रेखा पौडेल खेल्दै आएकी छिन् ।
भिभियनले २८ औं मिनेटमा गोल गरेपछि गोकुलमले दोस्रो पटक अग्रता बनाएको थियो । ग्रेसले ४३ औं मिनेटमा गोल गर्दा गोकुलमले पहिलो हाफमा ३–१ को अग्रता बनाएको थियो । ६२ औं मिनेटमा सावित्राले दोस्रो गोल गरिन् भने लगत्तै ६३ औं मिनेटमा अर्को गोल थप्दै लगातार दोस्रो खेलमा ह्याट्रिक पूरा गरेकी थिइन् ।
सिकीले गोकुलमका लागि ७० औं मिनेटमा गोल गरिन् भने सावित्राले ७९ औं मिनेटमा अर्को गोल थपिन् । भिभियनले ८६ औं मिनेटमा गोल गर्दै गोलअन्तरलाई बढाएकी थिइन् । पछिल्लो पटक पनि गोकुलमलाई लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेकी सावित्रा त्यति बेला सर्वाधिक गोलकर्ता समेत बनेकी थिइन् ।
लिगमा शुक्रबार नेपाली राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा सम्मलित सेथुले चर्चिल ब्रर्दश एफसीलाई ६–० ले हराएको थियो । एन्जिला पहिलो रोजाईमा खेलकी थिइन् । राष्ट्रिय टोलीकै सुरु लिम्बु र रेनुका नगरकोटे सम्मलित किक स्टार्ट इस्टर्न स्पोर्टिङसँग १–० ले पराजित भएको थियो ।
सुरु पहिलो रोजाईमा परेकी थिइन् भने रेनुकाले परिवर्तित खेलाडीका रुपमा खेलेकी थिइन् । राष्ट्रिय टोलीकी अर्की सदस्य अनिता बस्नेत सम्मलित लर्डस् एफएले सेल्टिक क्विन्स एफसीलाई ४–० ले हराएको थियो । अनिताले परिवर्तित खेलाडीमा खेलेकी थिइन् ।
November 9, 2025
दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन् । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा फाइनल भोलि (सोमवार) दिउँसो २ः३० बजे सुरु हुनेछ । दुधे रंगशालामा आइतवार भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो टोली उपाधिका लागि पूर्ण रूपमा […]
November 9, 2025
रविन्द्र वाईबा ,हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन क्लब र कैलालीको विजय स्पोर्ट्सले जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ। लिग अन्तर्गत आइतवार हेटौंडाको गौरीटार रंगशालामा भएको खेलमा बर्दियाको जनजागृती युवा क्लबलाई ४-० गोलले र विजय स्पोर्ट्सले धनकुटाको देउराली युथ क्लबलाई ४-१ गोलले हराउँदै दुवै टोलीले लिगमा पहिलो जित निकालेको हो। लालीगुराँसका लागि आशिष गुरुङले ह्याट्रिकक […]
November 9, 2025
दिपक बोहोरा, दुधे (झापा) एलभिडी झापा महिला गोल्डकपको अन्तिम सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लबबीचको खेलमा एक गोलले रंगशालामा अनौठो दृश्य देखियो । खेल प्रतिस्पर्धात्मक थियो । तर ६४ औँ मिनेटमा आएको विवादास्पद गोलले मैदानदेखि दर्शकदीर्घासम्म कौतुहल बढायो । घटना यसरी भयो । आर्मीकी अनिता लम्जेलले दिपा राईलाई बल पास दिइन् । दिपाले […]