default_image

1 year ago

April 30, 2023

भद्रपुर युवा फुटबल प्रशिक्षण परियोजना– ५३ खेलाडी छानिए

71 views

0 Bookmark

हिमाल खरेल, भद्रपुर

‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’ अन्तर्गत मेची रंगशालामा भएको छनोट प्रतियोगिताबाट ५३ जना खेलाडी छानिएका छन् ।

भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भद्रपुर नगरपालिकाभित्रका १४ देखि १६ वर्ष उमेर समूहका २ सय ५० जना खेलाडी छनोट प्रतियोगितामा सहभागी थिए ।

फागुनमा सम्पन्न प्रथम भद्रपुर झापा गोल्डकपको सफलतापछि भद्रपुरमा ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’लाई सार्थकता प्रदान गर्नेक्रममा मेची रंगशालामा छनोटका खेलहरु भएको आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए । उनका अनुसार छनोट भएका खेलाडीबीच पुनः प्रतिस्पर्धा गराई तीमध्ये २५ जना खेलाडी छनोट गरी उनीहरूलाई नियमित प्रशिक्षण दिइनेछ ।

त्यस्तै, छनोट खेल बैशाख २३ गते १७–१९ उमेर समूहबीच पनि गराइनेछ भने त्यसबाट पनि पहिलो चरणमा ५० देखि ५५ जना र दोस्रो चरणमा २५ खेलाडी छनोट गरी नियमित प्रशिक्षण गराइने ढकालले बताए । नगरभित्र रहेका तर अवसर नपाइरहेका युवालाई अवसर प्रदान गर्ने र भद्रपुर झापा गोल्डकपको आयोजक टिम तयार गर्ने उद्देश्यले कार्यसमितिको बैठकले नै भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

झापा जिल्ला फुटबल संघका अध्यक्ष एवम् वष्ठि फुटबल प्रशिक्षक भगिरथ आले ‘मामा’को नेतृत्वमा गम्भीर राई, कर्ण लिम्बू, पूर्णमाया सुब्बा, टेकबहादुर गुरुङ, मदन सुब्बा, भरत गुरुङलगायतको प्राविधिक टोलीले छनोट खेलहरुको सहजीकरण गरिरहेको महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.