2 years ago
April 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा यो सिजन निकै खराव लयमा रहेको मनाङ–मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ ।
चर्च ब्वाइजले मनाङमाथि ३–० को सहज जित निकालेको हो । चर्च ब्वाइजको जितमा कप्तान अनन्त तामाङ, मौसम सुब्बा र साइमन लिम्बुले गोल गरे ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलको ४१औं मिनेटमा कप्तान अनन्त तामाङको हेडर गोलबाट १–० को अग्रता लिन सफल भएको थियो । सुशिल शाहको क्रसमा उनले प्रवेश कुवँरलाई कुनै मौका नदिई गोल गर्न सफल भएका थिए ।
५५औं मिनेटमा मौसम सुब्बाले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर पारे । रन्जित सिंह पान्द्रेको पासमा अनमार्क रहेका उनले डि बक्स भित्रबाट कुनै गल्ती गरेनन् ।
इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा परिवर्तित खेलाडी साइमन लिम्बुले गोल गर्दै चर्च ब्वाइजलाई सहज जित दिलाए । ६३औं मिनेटमा मौसम सुब्बाको स्थानमा मैदान छिरेका मिडफिल्डर साइमनले अर्काे परिवर्तित फरवार्ड मिलन राईको पासमा गोल गर्न सफल भएका थिए ।
चर्च ब्वाइजले लगातार दुई खेलमा हार भोगेपछि पहिलो जित दर्ता गर्दा मनाङले भने लगातार छैटौं हार बेहोरेको छ । चर्च ब्वाइज पछिल्लो दुई खेलमा जावलाखेल र आर्मीसँग समान १–० को हार भोगेको थियो ।
यता, मनाङले पछिल्लो ५ खेलमा सातदोबाटो, जावलाखेल, आर्मी, खुमलटार र पुलिससँग हार भोगेको थियो । मनाङले फ्रेन्ड्सलाई २–० ले पराजित गरेयता सात खेल खेल्दा जित निकाल्न सकेको छैन । यस जितसँगै चर्च ब्वाइजले १३ खेलबाट २१ अंक जोडेको छ । पराजित मनाङको १३ खेलबाट १५ अंक छ ।
February 8, 2025
हिमाल खरेल,बिर्तामोड सुनकला राईको ४ गोल मद्दतमा आयोजक बिर्तामोड नगरपालिकाले प्रथम झापा अन्तरपालिका महिला फुटबल प्रतियोगितामा सानदार सुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शनिवार उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति गाउँपालिकालाई ५-० गोल हरायो । एकोहोरो दबाब सिर्जना गरेको खेलमा बिर्तामोडका लागि सुनकलाले १० औं, १७ औं, १९ औंमा गोल गर्दैै ह्याट्रिक पूरा […]
February 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा शनिवार आयोजक ‘बी’ टोली र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनबिचको खेल २-२ बराबरीमा टुंगिएको छ। खेलमा ग्रिन भिलेजका स्वप्निल निल बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलएका थिए । सो पछि ग्रिन भिलेजबाट आत्मघाती गोल उपहार दिएपछि खेल […]
February 8, 2025
हिमाल खरेल, बिर्तामो सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १–० ले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औँ मिनेटमा गरेको […]