2 years ago
April 30, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवंम गोलकिपर एन्जिला तुम्बापो सुब्बा सम्मिलित सेथुले भारतीय महिला लिग (आइडब्ल्यूएल) मा दोस्रो जित हासिल गरेको छ ।
आइतबार भएको खेलमा सुथुले राष्ट्रिय टोलीकी अर्की सदस्य अनिता बस्नेत सम्मिलित लर्डस् एफए कोचीलाई ४–१ ले हराएको थियो । एन्जिलाले पहिलो रोजाईमा खेल्दा अनिताले भने खेल्न मौका पाइनन् ।सेथुको जितमा काजोल डिबसुजाले २ गोल गरेकी थिइन् ।
सुमाती कुमारीको गोलमा सेथुले ४६ औं मिनेटमा अग्रता बनाएको थियो । काजोल ५८ औं मिनेटमा र नौरिम प्रियंका देवीले ६९ औंमा गोल गरेपछि टोली ३–० ले अघि लागेको थियो । ८५ औं मिनेटमा काजोलले अर्को गोल थपिन् । इन्ज्युरी समयमा लर्डस्का लागि काथलिनले गोल फर्काएकी थिइन् ।
यसअघि आइतबार नै भएको खेलमा राष्ट्रिय टोलीकी दुई मिडफिल्डर सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार एफसी कर्नाटकले लिगमा पहिलो जित हासिल गरेको छ । बिककस्टारले ओडिसा एफसीलाई २–० ले हराएको थियो ।समूह बीमा इस्टर्न र सेथुको समान ६ अंक पुगेको छ । किकस्टार ३ अंकसहित पाँचौं स्थानमा छ ।
समूह एमा भने राष्ट्रिय टोलीकी सावित्रा भण्डारी सम्मलित गोकुलम केरेला एफसी ६ अंकका साथ शीर्षस्थानमा रहेको छ । सावित्राले गोकुलमको पहिलो जितमा ५ र दोस्रो जितमा ४ गोल गरेकी थिइन् । लिगमा समावेश १६ टोलीलाई दुई समूहमा विभाजन गरि राउन्ड रोविन लिगका आधारमा प्रतियोगिता भइरहेको छ । यसपटक भारतीय लिगमा नेपाली राष्ट्रिय टोलीका ६ खेलाडी सुरु र रेनुका एउटै र बाँकी अलग अलग क्लबबाट खेलिरहेका छन् ।
February 16, 2025
सुमन अधिकारी, बुटवल आयोजक लखन ब्रदर्श युथ क्लब सेतो बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व जारी प्रतियोगिताको आइतवार पहिलो सेमिफाइनलमा सम्पूर्ण युवा क्लब सुपौलीलाई ४-० ले पराजित गर्दै लखन सेतो फाइनलमा प्रवेश गरेको हो । सिद्धेश्वर खेलमैदानमा भएको खेलको ५५ औं मिनेटमा आयोजक सेतोका कप्तान […]
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली बुटवल लुम्बिनी एफसीले निराजन धामी र सरोज तामाङलाई रिटेन गरेको जनाएको छ। निराजन र सरोज दुवै ‘बी’ क्याटगोरीका खेलाडी हुन्। बुटवल लुम्बिनीले जारी गरेको विज्ञप्तिमा प्रतिभाशाली युवा खेलाडी निराजन गत सिजन टोलीको महत्वपूर्ण सदस्यको रुपमा रहेको कारण उनी बाट तेस्रो सिजनमा थप अपेक्षा सहित रिटेन […]
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्तराष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको अघिल्लो दिन आइतवार आयोजक नेपालसहित चारै टोलीले उपाधिको लागि खेल्ने बताएका छन् । दशरथ रंगशालामा भएको प्रि म्याच कन्फ्रेन्समा नेपालकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले बोलेर भन्दा पनि मैदानमा खेलेर देखाउने बताइन्। उनले तयारी पनि यो पटक राम्रो भएको जिकिर गरिन्। नेपाली टोलीले पछिल्ला प्रतियोगिताहरुमा हार्दा डिफन्समा […]