default_image

1 year ago

May 3, 2023

अल्वाको गोलमा बार्सिलोनाको जित

121 views

0 Bookmark

एजेन्सी – परिवर्तित खेलाडी जोर्डी अल्वाको निर्णायक गोलमा स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोनाले ओसासुनालाई पराजित गरेको छ ।

घरेलु मैदानमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको ओसासुनामाथि १–० को संघर्षपूर्ण जित निकालेको हो । घरेलु टोली बार्सिलोनाले १० खेलाडीमा समेटिएको ओसासुनाविरुद्ध ७६ प्रतिशत बल पोसेसन राखेपनि गोलको लागि निक्कै संघर्ष गर्नुपरेको थियो ।

स्पोटिफाइ क्याम्प नोउमा मंगलबार राति भएको खेलको २७औं मिनेटमा नै पाहुना टोली ओसासुना १० खेलाडीमा समेटिन पुगेको थियो । पेड्रीमाथि अनावश्यक फउल गरेपछि जर्ज हररान्डो सिधैं रातो कार्ड खाँदै मैदानबाट बाहिरिन पुगेको थियो ।

तर, त्यसको फाइदा लिन बार्सिलोनाले अन्तिम समय नै कुर्नुपर्यो । ८५औं मिनेटमा जोर्डी अल्वाले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए ।

७६औं मिनेटमा एलेक्स बाल्डेको स्थानमा मैदान छिरेका अल्वाले फ्रान्की डि जोङको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना विजयी हुन सफल भयो ।

यस जितसँगै बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ । अब अर्काे खेलमा स्पान्योललाई हराउन सके बार्सिलोना २०१८–१९ को सिजनपछि ला लिगाको च्याम्पियन बन्नेछ ।

शीर्षस्थानमा रहेको बार्सिलोनाको ३३ खेलबाट ८२ अंक पुगेको छ । बार्सिलोना दोस्रो स्थानको रियल म्याड्रिडभन्दा १४ अंकले अघि छ । पराजित ओसासुना ३३ खेलबाट ४४ अंक जोडेर नवौं स्थानमा छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.