2 years ago
May 4, 2023
एजेन्सी – नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालाण्डको कीर्तिमानी गोलमा सानदार जित दर्ता गर्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
बुधबार राति भएको खेलमा वेस्ट ह्याम युनाइटेडलाई ३–० ले पराजित गर्दै आर्सनलाई पछि पार्दै सिटी शीर्ष स्थानमा फर्किएको हो । सिटीको जितमा हालान्डसँगै नाथन एके र फिल फोडेनले गोल गरे ।
वेस्ट ह्यामले घरेलु टोली सिटीलाई पहिलो हाफमा बराबरीमा रोकेपनि दोस्रो हाफमा सिटीको लगातारको आक्रमणलाई रोक्न सकेन ।
५०औं मिनेटमा रियाद महारेजको फ्रिकिकलाई नाथन एकेले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता लिाए । ७०औं मिनेटमा हालाण्डले उत्कृष्ट गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।
यो गोलसँगै उनले प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक ३५ गोल गर्ने कीर्तिमान बनाएका छन्। उनले ३३औं खेलमा यो कीर्तिमान बनाएका हो । २२ वर्षीय हालान्ड प्रिमियर लिगको एकै सिजनको सर्वाधिक गोल गर्ने खेलाडी भएका छन् ।
सन् १९९३–९४ मा एलेन शेरेरले ३४ गोल गर्दै एकै सिजन सर्वाधिक गोलको कीर्तिमान बनाएका थिए। त्यतिबेला प्रिमियर लिगमा ४२ खेल हुन्थ्यो । ३८ खेलको प्रिमियर लिगमा भने सन् २०१७ मा मोहम्मद सलाहले सर्वाधिक ३२ गोल गर्दै कीर्तिमान बनाएका थिए । जुन कीर्तिमान हालाण्डले तोडिसकेका छन् ।
लिगमा अझै ५ खेल खेल्न बाँकी रहँदा युरोपको शीर्ष पाँच लिगमा लियोनेल मेस्सीले सन् २०११–१२ मा ला लिगामा बनाएको ३८ गोलको कीर्तिमान समेत तोड्न सक्नेछन् ।
त्यसपछि ८५औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३–० को सानदार जित दिलाए । यो जितसँगै सिटीले ३३ खेलबाट २५ जितसहित ७९ अंक जोड्दै शीर्ष स्थानमा फर्किएको छ । एक खेल बढी खेलेको आर्सनलको २४ जितसहित ७८ अंक छ । पराजित वेष्टह्याम ३४ खेलबाट ३४ अंक जोड्दै १५ औं स्थानमा छ ।
February 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । सोमवार भएको प्रि क्वाटरफाइनलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशनले कीर्तिपुरकै ग्रिन भिलेज सेकेण्डरी स्कुललाई २-० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । विजयी टोलीका लागि दुवै गोल सोप्निल बस्नेतले गरे । सोप्निल […]
February 10, 2025
हिमाल खरेल, बिर्तामोड सहिद स्मारक ‘बी’ डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौंले आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनलमा सुनसरीको न्यु स्टार एफसीमाथि एकोहोरो दबाब सिर्जना गर्दै प्लानिङ ब्वाइज च्याम्पियन भएको हो । प्लानिङ ब्वाइजले न्यु स्टारलाई ३-० ले हरायो । प्लानिङ ब्वाइजका लागि झापाली डिफेन्डर […]
February 10, 2025
हिमाल खरेल ,बिर्तामोड उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० ले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा कनकाई नगरपालिकाकी स्वस्तिका विकले खेलको पाँचौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएकी थिइन् […]