2 years ago
May 4, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड रेखा पौडेल सम्मिलित स्पोर्टस उडिसाले भारतीय महिला लिग (आइडब्ल्यूएल) मा तेस्रो जित हासिल गरेको छ ।
बिहीबार भएको खेलमा स्पोर्टस उडिसाले माता रुक्मणी फुटबल क्लबलाई १–० ले हराएको थियो । मनिषा नायकले ५४ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो । चौथो खेलमा स्पोर्टस उडिसाको यो तेस्रो जित हो । रेखा बिहीबारको खेलमा पूरा समय खेलेकी थिइन् । उनले अघिल्ला ३ खेलमा टोलीका लागि ३ गोल गरिसकेकी छिन् ।
समूह एमा स्पोर्टस उडिसा ९ अंकसहित तेस्रो स्थानमा रहेको छ । समान अंकका साथ इस्ट बंगाल दोस्रो स्थानमा र नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा सम्मिलित गोकुलम केरेला एफसी १० अंकसहित शीर्षस्थानमा छ । बिहीबार सावित्राको टोलीले मिसिका युनाइटेडसँग गोलरहित बराबरी खेलेको थियो ।
समूह ए र समूह बी दुवैमा समान ८ टोलीले प्रतिस्पर्धा गरिसकेका छन् । नेपाली राष्ट्रिय टोलीकी कप्तान एवंम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा रहेको सेथु ९ अंकसहित समूह बीको शीर्षस्थानमा छ ।
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको युवा टोलीबाट चीनको युनानविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने क्रममा चोट बोक्न पुगेका मिडफिल्डर आशिष राईको शल्यक्रिया सम्पन्न भएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा विपक्षी खेलाडीको ट्याकलमा आशिषको देब्रे खुट्टा भाँचिएको थियो । गम्भीर प्रकृतिको चोट बोकेका उनको आइतबार नै शल्यक्रिया गरिएको हो । ललितपुरको बि एण्ड बि अस्पतालमा वरिष्ठ अर्थोपेडिक […]
February 16, 2025
सुमन अधिकारी, बुटवल आयोजक लखन ब्रदर्श युथ क्लब सेतो बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व जारी प्रतियोगिताको आइतवार पहिलो सेमिफाइनलमा सम्पूर्ण युवा क्लब सुपौलीलाई ४-० ले पराजित गर्दै लखन सेतो फाइनलमा प्रवेश गरेको हो । सिद्धेश्वर खेलमैदानमा भएको खेलको ५५ औं मिनेटमा आयोजक सेतोका कप्तान […]
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली बुटवल लुम्बिनी एफसीले निराजन धामी र सरोज तामाङलाई रिटेन गरेको जनाएको छ। निराजन र सरोज दुवै ‘बी’ क्याटगोरीका खेलाडी हुन्। बुटवल लुम्बिनीले जारी गरेको विज्ञप्तिमा प्रतिभाशाली युवा खेलाडी निराजन गत सिजन टोलीको महत्वपूर्ण सदस्यको रुपमा रहेको कारण उनी बाट तेस्रो सिजनमा थप अपेक्षा सहित रिटेन […]