3 years ago
May 4, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड रेखा पौडेल सम्मिलित स्पोर्टस उडिसाले भारतीय महिला लिग (आइडब्ल्यूएल) मा तेस्रो जित हासिल गरेको छ ।

बिहीबार भएको खेलमा स्पोर्टस उडिसाले माता रुक्मणी फुटबल क्लबलाई १–० ले हराएको थियो । मनिषा नायकले ५४ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो । चौथो खेलमा स्पोर्टस उडिसाको यो तेस्रो जित हो । रेखा बिहीबारको खेलमा पूरा समय खेलेकी थिइन् । उनले अघिल्ला ३ खेलमा टोलीका लागि ३ गोल गरिसकेकी छिन् ।
समूह एमा स्पोर्टस उडिसा ९ अंकसहित तेस्रो स्थानमा रहेको छ । समान अंकका साथ इस्ट बंगाल दोस्रो स्थानमा र नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा सम्मिलित गोकुलम केरेला एफसी १० अंकसहित शीर्षस्थानमा छ । बिहीबार सावित्राको टोलीले मिसिका युनाइटेडसँग गोलरहित बराबरी खेलेको थियो ।
समूह ए र समूह बी दुवैमा समान ८ टोलीले प्रतिस्पर्धा गरिसकेका छन् । नेपाली राष्ट्रिय टोलीकी कप्तान एवंम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा रहेको सेथु ९ अंकसहित समूह बीको शीर्षस्थानमा छ ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]